३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

निर्जिवन बिमाको प्रिमियम साढे आठ अर्ब

काठमाडौं - चालु आर्थिक वर्ष ०७६/७७ को चार महिनाको अवधिमा निर्जीवन बिमा कम्पनीको बिमाशुल्क (प्रिमियम) संकलन करिब ९० करोड रुपैयाँले बढेको छ। मुलुकमा सञ्चालनमा रहेका २० वटा निर्जीवन बिमा कम्पनीले चालु आवको कात्तिक मसान्तसम्म करिब आठ अर्ब ७२ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेका छन्। यी कम्नपीले सो अवधिमा सात लाख ७२ हजार ८४ वटा बिमालेख बिक्री गरी उक्त बिमाशुल्क रकम आर्जन गरेको बिमा समितिले जनाएको छ।

यी संस्थाले गत आवको सोही अवधिमा ६ लाख ५६ हजार आठ सय ५८ वटा बिमालेख बिक्री गरी करिब सात अर्ब ८२ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका थिए। जसअनुसार गत आवको चार महिनाको अवधिमा चालु आवमा बिमाशुल्क रकम ११ दशमलव ३९ प्रतिशतले बढेको हो।

जीवन तथा निर्जीवन बिमा कम्पनीको नियामक निकाय बिमा समितिका अनुसार चालु आवको कात्तिक मसान्तसम्म सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीले बिमाशुल्क आर्जन गरेको छ। कम्पनीले सो अवधिमा करिब एक अर्ब १५ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेको छ।

त्यसैगरी, सगरमाथा इन्स्योरेन्स कम्पनीले चालु आवको चार महिनाको अवधिमा करिब ८७ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेको छ। सो अवधिमा तेस्रो बढी बिमाशुल्क आर्जन नेको इन्स्योरेन्स कम्पनीले गरेको छ। कम्पनीले करिब ७७ करोड रुपैयाँ बिमाशुल्क आर्जन वित्तीय विवरण पेश गरेको समितिले जनाएको छ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले कात्तिक मसान्तसम्ममा बिमाशुल्क बढी आर्जन गर्ने चौथो स्थानमा रहेको छ। कम्पनीले सो अवधिमा करिब ७१ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ। समितका अनुसार एनएलजी इन्स्योरेन्स कम्पनीले कात्तिक मसान्तसम्ममा करिब ५७ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरी गरेको छ। कम्पनीले सो अवधिमा बिमाशुल्क बढी संकलन गर्ने पाँचौं कम्पनीको रुपमा रहेको छ।

त्यसैगरी, छैटौं स्थनामा रहेको आइएमई जनरलले करिब ४६ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेको छ भने सातौं स्थानमा रहेको लुम्बीनी जनरलले करिब ४१ करोड रुपैया बिमाशुल्क आर्जन गरेको समितिले जनाएको छ। समितिका अनुसार प्रिमियर इन्स्योरेन्स, दि ओरियन्टल इन्स्योरेन्स, पु्रडेसिन्सयल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनीहरुले चालु आवको चार महिनाको अवधिमा करिब ४२ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन्।

त्यसैगरी, सो अवधिमा प्रभु इन्स्यारेन्सले ३५ करोड रुपैयाँ, एभरेष्ट इन्स्यारेन्सले ३३ करोड रुपैयाँ, नेसनल इन्स्योरेन्सले ३३ करोड रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले २८ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन्। समितिका अनुसार युनाईटेड इन्स्यारेन्सले करिब २४ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले १९ रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सले १२ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेको समितिले जनाएको छ।

स्वचालित प्रणालीबाट बिमा गरिने
कागजी प्रक्रिया झञ्जटिलो, अपारदर्शी र दाबी भुक्तानीमा विमितलाई समस्या भएको भन्दै बिमा समितिले केही जीवन बिमा कम्पनीलाई नयाँ निर्देशन दिएको छ। समितिले आगामी दिनमा कम्प्युटरमार्फत स्वचालित प्रणालीद्वारा बिमा गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको समितिले जनाएको छ।

जीवन बिमा अन्तर्गत म्यादी बिमाका लागि पुलको व्यवस्थापन गर्दै आएका नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, गुराँस लाईफ इन्स्योरेन्स कम्पनी, रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी र युनियन लाईफ इन्स्योरेन्स कम्पनीलाई निर्देशन दिएको हो। त्यसैगरी, जीवन बिमा कम्पनीले आगामि दिनमा बैदेशिक रोजगार म्यादी बिमा गर्दा बैदेशिक रोजगार विभागसँग समन्वय गर्नूपर्नै निर्देशनमा उल्लेख गरिएको छ।

प्रकाशित: १४ पुस २०७६ ०२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App