२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

नक्कली घ्यू बनाउने कारखाना फेला, संचालकसहित ३ पक्राउ

वीरगन्ज – वीरगन्जमा प्रहरीले नक्कली घ्यु बनाउने कारखाना र गिरोह बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको एउटा टोलीले वीरगन्ज महानगरपालिका वडा नं १५ लक्ष्मण वा ब्रह्मचोक नजिक संचालन गरिएको नक्कली घ्यु बनाउने कारखाना फेलापारेपछि त्यसका संचालकसहित ३ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपररक्षिक बिरेन्द्र बहादुर शाहीले बताए।

जिल्लाप्रहरी कार्यालयले जनाएअनुसार बर्ष ३३ काअनिलश्रेष्ठले संचालन गरेको सिद्धिबिनायक पुजा सामाग्रीप्रोडक्टस उधोगमा रसायन मिसावट गरी तयार पारिएको नक्कली घ्यु बिभिन्न ब्राण्डमा फेला परेको हो । पुजा,  दुर्गा र गोकुल शुद्धघ्युको लेबल र स्टिकर लगाई नक्कली घ्यु उत्पादनतथाबिक्रीबितरण गरी रहेको भन्ने बिशेष सूचनाप्रहरीलाई थियो।

आइतवार साँझकरिब ४ बजेको समयमाजिल्लाप्रहरी कार्यालयबाट खटिएको बिशेष टोलीले सूचनाअनुसारको अवस्था र सामान फेलापारेको थियो। प्रहरीले जनाए अनुसरा उक्त स्थानमा१२ किलोको दरलेपुजा, दुर्गा र गोकुल व्राण्डको ५२ काटुन घ्यू , डाल्डा घ्यु २० किलोको दरले २९ काटुन र पाम आयलबाट नक्कली घ्यु बनाउनप्रयोग हुने रसायन, मेशिन, भाडा कुडा र लेवलिङ गर्न प्रयोग हुने बिभिन्न वाण्डको स्टिकरहरु लगायत बरामद गरेको छ।

उद्योगका संचालकअनिलश्रेष्ठ, बर्ष ३७का को रमेश श्रेष्ठ र भारत विहार जिल्ला मोतिहारी पुर्वी चम्पारण थानाआदापुर ग्रामपोखरिया घर भएकाबर्ष २५ को रामविलास यादवलाई नियन्त्रणलाई अनुसन्धानथालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ पुस २०७६ ०३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App