३ कार्तिक २०८१ शनिबार
image/svg+xml
अर्थ

कंकाली इशरा पोखरीलाई ६ करोड ९४ लाख

पोखरीको सौन्दर्यकरकण कार्यक्रमको शिलान्यास गर्दै मुख्य मन्त्री लालबाबु राउत गद्दी।

बारा - पर्यटकीय, धार्मिक, पुरातात्विक तथा ऐतिहासिक क्षेत्रको रुपमा रहेको सिम्रौनगढको कंकाली इशरा पोखरीको सौन्दर्यकरणका लागि प्रदेश २ सरकारले ६ करोड ९४ लाखको कार्यक्रम लागू गरेको छ। विकास निर्माणमा निकै पछि परेको सिम्रौनगढ क्षेत्रमा रहेको पोखरीको सौन्दर्यकरण कार्यक्रमको आइतबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले शिलान्यास गरेका छन्।

मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत गर्न लागिएको पोखरीको सौन्दर्यकरण कार्यक्रमले पोखरीको दुई तिरको घाट, पर्खाल , पोखरी किनारा छेउमा सडक, आधुनिक शौचालय ,पर्यटकहरुलाई बस्ने प्रतिक्षलय र पोखरी किनारमा बत्ती लगाएतको कामहरु गर्ने ईशरा पोखरी सौन्दर्यकरण परियोजना प्रमुख भगवान झाले बताएका छन्।

२०७७ पुस महिना भित्रमा सम्पन्न गर्ने गरि ललितपुरको आर जे ÷ रंजन जेभी निर्माण कम्पनीले छ करोड ९४ लाखमा ठेक्का स्कार गरेको  झाले बताए। पहिला सिम्रौनगढ ऐतिहासिक स्थल तिरहुत र मधेशको राजधानी समेत रहेकोले यसको विकासमा प्रदेश सरकार गम्भीर रहेको प्रदेश नम्बर दुईका मुख्य मन्त्री लालबाबु राउत गद्दीले शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा  बताए।

बर्षाे देखि बिकासको पर्खाईमा  रहेको सिम्रौनगढको विकासले ठुलो संख्यामा पर्यटकहरु भित्रिने सम्भावन रहेको र यसले प्रदेशको साथ साथ देशलाई नै फाईदा पुग्ने दावी मुख्य मन्त्री गद्दीले गरे। सन् १०९७ मा कर्णाट वंशीय राजा नान्यदेवको पाला देखि नै सिम्रौनगढ राज्यको  ईतिहास रहे पनि विकास निर्माणमा यसलाई बिभेद गरिदै आएको गुनासाहरु हुने गरेको छ।

सिम्रौनगढ पुरातात्त्विक, धार्मिक र पर्यटकीय स्थलका रूपमा पहिला देखि नै पहिचान बनाएको राज्य रहेको र राजा नान्यदेवले सिम्रौनगढलाई मिथिलाको राजधानी बनाई सन् १०९७ देखि १३२७ सम्म कर्णाट वंशले शासन गरेको ईतिहारले देखाए पनि यसको विकासमा पहिला देखि नै राज्य उदाशित रहेको सिम्रौनगढ नगरपालिका नगरप्रमुख यादवले गुनासो गरे।

‘बिगत तीन दशकमा नेपालको राजनितिक धेरै परिवर्तन आए र राजनितिक परिवर्तनले गर्दा सत्तामा पुगेकाहरुले सिम्रौनगढको विकासमा कुनै चासो दिएनन्,’ नगर प्रमुख यादवले भने। देशकै ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण यो स्थलको विकासमा पहिला त्यती ध्यान नदिए पनि अहिले नगरपालिकाले बिशेष ध्यान दिएर पुर्वधारमा लगानी गरेको यादवले बताए।

ओझेलमा पारिएको यस क्षेत्रको चौतर्फी विकासको लागि सिम्रौनगढ नगरपालिकाले सडक सञ्जाल बढाउनेदेखि सम्पदाहरूको संरक्षण, ऐतिहासिक तथा पुरातात्विक धरोहरहरूको पुनर्निर्माण र भौतिक संरचना निर्माणमा  बिशेष ध्यान दिएको यादवले दावी गरे।

स्थानीय तहको निर्वाचन भएको  दुई बर्षको औधीमा यस क्षेत्रको पुरातात्विक,ऐतिहासिक, धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको पुर्वधार निर्माण र संरक्षमा आठ करोड जति नगरपालिकाले खर्च गरेको सिम्रौनगढ नगरपालिका प्रमुख यादवले बताए।

रानीवास मन्दिरको जीर्णोद्वारमा ,देशभरमै सबै भन्दा ठूला मानवनिर्मित झरोखर पोखरीको डिलहरू संरक्षण । कंकाली पोखरीको घाट निर्माण लगाएतको पुरातात्विक,ऐतिहासिक, धार्मिक स्थानहरुमा केन्द्रित भएर नगरपालिकाले लगानी गरिरहेको प्रमुख यादवले बताए।

झरोखर पोखरीको एक छेउमा भ्युटावर निर्माण प्रक्रिया समेत अघि बढेको यादवले बताए । भ्युटावर निर्माण भए पछि उत्तरमा चुरे र दक्षिणमा भारतको विभिन्न सहरहरू देखिने र यसले गर्दा पर्यटकलाई बढावा मिल्ने बिश्वास यादवले गरे।

प्रकाशित: १ पुस २०७६ ०२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App