११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

आगलागीबाट एक करोड बढीको क्षति

राँझा – नेपालगञ्जको बिपीचोक नजीक रहेका आधा दर्जन पसलमा गए राति भएको आगलागीबाट एक करोड रुपैयाँ बढीको क्षति भएको छ।

जनता सिरक, हिमालय फर्निचर, रोशनी फर्निचर, किताब र फलफूल पसलमा आगो लागेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए। उनका अनुसार जनता सिरक, हिमालय र रोशनी फर्निचरमा ठूलो क्षति भएको छ। जनता सिरकले मात्रै ५० लाख रुपैयाँ बढीको क्षति भएको बताएको छ।एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ। 

आगजनी भएको स्थान नजीकै पेट्रोलपम्प रहे पनि तुरुन्तै पुगेका दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका कारण ठूलो दुर्घटना टरेको थियो। नेपालगञ्ज उपमहानगरपालिकाका दुई, नेपालगञ्ज विमानस्थलको एक, कोहलपुर नगरपालिका, बर्दियाको मधुवन र गुलरिया नगरपालिकाका गरी छ वटा दमकलले आगो निभाएको हो।

तीन महीनाअघि गत साउन २३ गते पनि त्यही नजीकका एक दर्जन बढी फर्निचर पसलमा आगलागी भएको थियो। पछिल्लो तीन महीनामा नेपालगञ्जमा पाँच वटा ठूला आगलागी भएका छन्। रासस

प्रकाशित: ८ कार्तिक २०७६ ०५:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App