७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

मेलम्ची खानेपानीको ‘हेडवक्स’ बनाउने ठेक्का चिनियाँ कम्पनीलाई

काठमाडौं–  मेलम्ची खानेपानी विकास समितिले मुहानस्थित ‘हेडवक्स’ निर्माणका लागि ठेक्का सम्झौता गरेको छ। सुरुङको बाँकी काम गर्ने ठेक्का पाएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो नै ‘हेडवक्स’ निर्माणका लागि छनोट भएको समितिका सूचना अधिकारी वरिष्ठ डिभिजनल इञ्जिनीयर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। 

निर्माण कम्पनीले १५ महीनामा ‘हेडवक्र्स’को काम सक्ने गरी समय दिइएको उनले बताए। ‘हेडवक्स’ निर्माणको लागत रु एक अर्ब दुई करोड हुनेछ। कम्पनीले १५ दिनमा स्थलगत अध्ययन गरी काम शुरु गर्ने गरी ठेक्का सम्झौता भएको छ।

इटालियन निर्माण कम्पनी सिएमसीले गत वर्ष काम छोडेर हिँडेपछि ठेक्का सम्झौता रद्द गरी सिनो हाइड्रोलाई नै सुरुङको बाँकी काम गर्ने गरी छनोट गरिएको थियो।

सुरुङको बाँकी कामका लागि भने ७५ करोड रुपैयाँमा सम्झौता भएको छ। राजधानीमा बहुप्रतिक्षित मेलम्चीको पानी ल्याउने मिति पटकपटक सर्दै आएको छ। रासस

प्रकाशित: २५ आश्विन २०७६ ०७:०३ शनिबार

हेडवक्स मेलम्ची_खानेपानी सिनो_हाइड्रो