इलाम – पर्यटन प्रवद्र्धन र विकासका लागि सरकारले गत वर्ष देशका सय गन्तव्य पहिचान ग-यो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकास र त्यसबाट हुने लाभ जनस्तरसम्म पु-याउने उद्देश्यसहित पहिचान गरिएका पर्यटकीय स्थलमध्ये २९ स्थान प्रदेश १ मा पर्छन्।
पर्यटन वर्ष सन् २०२० मा पर्यटकले मुख्यगरी यिनै पर्यटकीय स्थललाई गन्तव्य बनाउँछन्। तर, ती पर्यटकीय स्थलमा पर्यटक पुग्ने, खाने–बस्ने, यातायात, सुरक्षालगायतको व्यवस्था चाहिँ पर्याप्त हुन सकेको छैन। त्यतिमात्र होइन, कतिपय जिल्लामा व्यवसायीले पाहुनालाई गर्ने सत्कार र व्यवहारप्रति पनि गुनासो आइरहेको छ।
संघीय, प्रदेश र स्थानीय सरकारसमेतले पूर्वाधार विकासमा तीव्रता नदिएका कारण पर्यटन वर्षलाई असर पुग्ने देखिएको छ। कतिपय स्थानमा पूर्वाधार निर्माण भइरहेका छन् तर, सम्पन्न हुन धेरै समय लाग्ने निश्चित छ। जसरी पर्यटन वर्षको प्रचार गरिँदैछ, त्यही गतिमा पर्यटकीय स्थल पुग्ने सडक, पर्यटकलाई जिल्ला–जिल्लामा आवश्यक सूचना, उनीहरूले चाहेअनुसारको खानेकुरा र बसोबासलगायत पूर्वाधार बन्न सकेका छैनन्।
मन्त्रालयले यो प्रदेशका २९ मध्ये १३ पर्यटकीय स्थललाई ‘स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्य’ र बाँकीलाई ‘नयाँ तथा विकास गरिनुपर्ने गन्तव्य’का रूपमा पहिचान गरेको छ। ताप्लेजुङको पाथीभरा, फुङफुङे झरना, इलामको सन्दकपुर–माइपोखरी, संखुवासभाको अरुण उपत्यका, धनकुटाको भेडेटार–नमस्ते झरना, खोटाङको हलेसी, सोलुखुम्बुको स्याङबोचे र सगरमाथा, ओखलढुंगाको पोकली झरना, झापाको बाँसबारी सिमसार पर्यटन पूर्वाधार केन्द्र, सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्ष, बराहक्षेत्र र तालतलैया सरकारको स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्यका रूपमा छन्।
तराई क्षेत्रका पर्यटकीय स्थल पुग्न खासै समस्या नभए पनि पहाडी र हिमाली क्षेत्रका पर्यटकीय स्थलको मुख्य चुनौती सडक नै हो। ट्रेकिङ रुटसमेत व्यवस्थित नहुँदा पर्यटकलाई पहाडी र हिमाली जिल्लाका पर्यटकीय स्थल पुग्न समस्या हुने देखिएको छ। पहाडका पर्यटकीय स्थलसम्म पुग्ने कच्ची सडकमा हिउँदमा पनि निकै दुःखले मात्रै सवारीका साधन चल्छन्। धेरैजसो जिल्लामा बर्खा लाग्नेबित्तिकै सदरमुकाम र गाउँको यातायात सम्पर्क टुट्छ।
नयाँ तथा विकास गरिनुपर्ने गन्तव्य’का रूपमा चाहिँ ताप्लेजुङको तिम्बुङपोखरी, पाँचथरको गुरु फाल्गुनन्द सर्किट, इलामको कन्याम–फिक्कल–श्रीअन्तु सर्किट, तेह्रथुमको तीनजुरे–मिल्के–जलजले, संखुवासभाको बालेश्वर गुफा, धनकुटाको हलदे–पटकेडाँडा पर्यटक ट्रेल, भोजपुरको ट्याम्केडाँडा, खोटाङको बराहपोखरी र सोलुखुम्बुको पाँचपोखरी नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यका रूपमा छन्। नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यको सूचीमा ओखलढुंगाको थोलेदम्बा डाँडा, उदयपुरको उदयपुरगढी, झापाका सहिद नेत्रालय पार्क, गौरादह कृषि पर्यटन क्षेत्र र अर्जुनधारा, मोरङको धनपालगढी र सुनसरीको पिण्डेश्वर–दन्तकाली पदमार्ग पनि छन्।
तराई क्षेत्रका पर्यटकीय स्थल पुग्न खासै समस्या नभए पनि पहाडी र हिमाली क्षेत्रका पर्यटकीय स्थलको मुख्य चुनौती सडक नै हो। ट्रेकिङ रुटसमेत व्यवस्थित नहुँदा पर्यटकलाई पहाडी र हिमाली जिल्लाका पर्यटकीय स्थल पुग्न समस्या हुने देखिएको छ। पहाडका पर्यटकीय स्थलसम्म पुग्ने कच्ची सडकमा हिउँदमा पनि निकै दुःखले मात्रै सवारीका साधन चल्छन्। धेरैजसो जिल्लामा बर्खा लाग्नेबित्तिकै सदरमुकाम र गाउँको यातायात सम्पर्क टुट्छ। पूर्वको महत्वपूर्ण पर्यटकीय स्थल इलामको सन्दकपुर (तीन हजार ६ सय ३६ मिटर उचाइ)मा बर्खा लागेपछि सवारी साधन पुग्न सक्दैनन्। सदरमुकामबाट करिब ४० किलोमिटरमा रहेको सन्दकपुर विकट पहाडी क्षेत्रमा पर्ने भएकाले यहाँको पूर्वाधार विकास पर्याप्त हुन नसकेको हो।
भारतीय बाटो केही सहज भएकाले बर्सेनि हजारौं पर्यटक दार्जिलिङबाट सन्दकपुर आउँछन्। तर, नेपालको बाटो त्यहाँसम्म पुग्ने पर्यटकको संख्या ज्यादै न्यून छ। ‘यो पटक इलामबाट सन्दकपुरसम्म जाने सडक कालोपत्रे सुरु हुन्छ,’ सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राई भन्छन्, ‘कालोपत्रे नहुञ्जेल इलामबाट सन्दकपुर पुग्न बर्खामा चाहिँ निकै गाह्राे छ।’ इलामकै कन्याम–फिक्कल मेची राजमार्गमा र श्रीअन्तुसम्मको सडक कालोपत्रे भएकाले त्यहाँ सडक समस्या छैन। ‘कन्याम, फिक्कल र श्रीअन्तुमा होमस्टे व्यवस्था रहेकाले पूर्वाधारमा ठूलो समस्या चाहिँ छैन,’ सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले भने।
पूर्वकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पाथीभरा ताप्लेजुङ सदरमुकाम फुङलिङबाट साढे १९ किलोमिटरमा पर्छ। सुकेटारसम्म कालोपत्रे सडक रहेको पाथीभराको बाटोमा त्यहाँबाट माथिल्लो फेदीसम्म कच्ची सडक छ। माथिल्लो फेदीबाट चाहिँ सडक नभएकाले करिब अढाई घण्टाको उकालो पैदल हिँडेपछिमात्रै पाथीभरा पुगिन्छ।
पूर्वकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पाथीभरा ताप्लेजुङ सदरमुकाम फुङलिङबाट साढे १९ किलोमिटरमा पर्छ। सुकेटारसम्म कालोपत्रे सडक रहेको पाथीभराको बाटोमा त्यहाँबाट माथिल्लो फेदीसम्म कच्ची सडक छ। माथिल्लो फेदीबाट चाहिँ सडक नभएकाले करिब अढाई घण्टाको उकालो पैदल हिँडेपछिमात्रै पाथीभरा पुगिन्छ। ताप्लेजुङकै फुङफुङे झरना पुग्न सदरमुकामबाट एक दिन लाग्छ। करिब चार घण्टाको बाटो थलङसम्म कच्ची सडक रहेपनि त्यहाँबाट पैदल हिँड्नुपर्ने बाध्यता छ।
ताप्लेजुङ होटल व्यवसायी संघ अध्यक्ष दिनेश थवा पर्यटकलाई खुवाइ र बसाइमा खास समस्या नभए पनि सडक यातायात चाहिँ जिल्लाको मुख्य समस्या भएको बताउँछन्। सडक सुविधा नहुँदा ताप्लेजुङको चर्चित पर्यटकीय स्थल तिम्बुङपोखरी पुग्न पनि सदरमुकामबाट करिब दुई दिन लाग्छ। मेची राजमार्ग र त्यसको गणेशचोकबाट बाटो छुट्टिएपछि करिब नौ किलोमिटर मध्यपहाडी लोकमार्गसम्म कालोपत्रे भएपनि त्यहाँबाट पाँच किलोमिटरसम्ममात्रै कच्ची सडक छ। बाँकी पैदलै यात्रा गरी तिम्बुङपोखरी पुग्नुपर्छ। त्यस क्षेत्रमा होम–स्टे पनि नभएकाले गाई पाल्न बनाइएका गोठमा पर्यटकलाई राख्ने गरिएको छ।
पाँचथरको गुरु फाल्गुनन्द सर्किटको पनि मुख्य समस्या पूर्वाधारकै हो। ‘पर्यटकीय स्थलसम्म व्यवस्थित सडक नपुगेकाले पर्यटन वर्षलाई समेत प्रभाव पर्ने देखिएको छ,’ पाँचथर उद्योग वाणिज्य संघ अध्यक्ष दीपक नेपाल भन्छन्, ‘सडक पुगेका स्थानमा पनि हिउँदमा मात्रै गाडी चल्छ।’ तेह्रथुम, संखुवासभा र ताप्लेजुङलाई छोएको तीनजुरे–मिल्के–जलजले क्षेत्र पुग्न जताबाट गएपनि कच्ची सडकमात्रै छ। भएको पैदल सडक पनि साँघुरो र अप्ठ्यारो भएकाले पर्यटकलाई समस्या पर्ने गरेको छ। तर, जिल्लाका पर्यटकीय क्षेत्रको पूर्वाधार विकासका काम भइरहेकाले पर्यटन वर्षमा घुम्न आउने पर्यटकलाई धेरै गाह्राे नहुने स्थानीय व्यवसायी प्रकाश श्रेष्ठ बताउँछन्।
धनकुटाको हलदे पटकेडाँडामा सामान्य सडक सुविधा भए पनि अन्य पूर्वाधार अभाव छ। धनकुटा उद्योग वाणिज्य संघ अध्यक्ष उमेश घिमिरे सूर्याेदय–सूर्यास्तका लागि उपयुक्त पटकेडाँडालगायत अन्य पर्यटकीय स्थलमा पूर्वाधार निर्माण हुँदैगरेको बताउँछन्। ‘कतिपय पूर्वाधार पर्यटन वर्ष सुरु हुँदा निर्माण भइसक्लान् तर निर्माण भइनसक्ने पूर्वाधारका कारण चाहिँ पर्यटकलाई समस्या पर्न सक्छ,’ उनले भने, ‘पर्यटन वर्षलाई नै लक्षित गरी कतै टावर र कतै ट्रेल निर्माणका काम चाहिँ भइरहेका छन्।’
संखुवासभाको अरुण उपत्यकाभित्र सडक सुविधामात्र होइन, विमानस्थलसमेत छ। तर, अन्य क्षेत्रमा सडक सुविधा नै समस्या रहेको संखुवासभा उद्योग वाणिज्य संघ अध्यक्ष युवराज शाक्य बताउँछन्। ‘अरुण उपत्यका त तुलनात्मक रूपले सडकको सुविधा पुगेकै स्थान हो,’ उनी भन्छन्, ‘सरकारले पहिचान गरेको बालेश्वर गुफा पुग्न चाहिँ सडक समस्या छ। उनले जिल्लाका मनकामना, गुफापोखरी, शिवधारालगायत स्थानमा चाहिँ पूर्वाधार विकास गर्न आवश्यक रहेको बताए।
भोजपुर, खोटाङ र ओखलढुंगाका पर्यटकीय स्थल पुग्न पनि सडक समस्या मुख्य हो। यी जिल्लामा कच्ची सडककै यात्रा बढी हुने भएकाले पर्यटक आउ–जाउ गर्न समस्या छ। सोलुखुम्बुको सगरमाथा र स्याङबोचे, खोटाङको हलेसीलगायत पर्यटकीय स्थलमा पर्यटकको घुइँचो लागिरहन्छ। मोरङ, सुनसरी, उदयपुर र झापा तराई र चुरे क्षेत्रमा पर्ने भएकाले यहाँका धेरैजसो पर्यटकीय स्थलमा यातायात सुविधा पुगेको छ।
प्रकाशित: ८ आश्विन २०७६ ०३:१९ बुधबार