६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नेप्सेमा उच्च सुधार, बुधबार २२.६८ अंकले वृद्धि

काठमाडौं– सेयर बजारमा बुधबार पनि दोहोरो अंकले सुधार आएको छ। आज स्टक एक्सचेन्ज (नेप्से)  २२.६८ अंकले बढेर ११७३.४२ बिन्दूमा पुगेको छ । मंगलबार २६.९१ अंकले नेप्सेमा वृद्धि भएको थियो।

‘क’ वर्गका कारोबार मापक सेन्सेटिभ इन्डेक्समा पनि सुधार आएको छ। आज सेन्सेटिभ इन्डेक्समा १.६४ प्रतिशतले सुधार आएको हो। 

सेयर बजार प्रति सकारात्क नभएको आरोप खेप्दै आएका अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजारप्रति मंगलबार विहान सकारात्मक अभिव्यक्ति दिएसँगै पुँजी बजारमा उल्लेखनीय सुधार भइरहेको छ।

आज कूल १७१ कम्पनी कारोबारमा आए। ती कम्पनीका १६ लाख ४५ हजार बढी कित्ता सेयरबाट ४७ करोड ३३ हजार रुपैयाँमा कारोबार भएको छ। आज कारोबार रकममा पनि सुधार भएको हो।

मंगलबार ३८ करोड ३९ लाख ५७ हजार रुपैयाँमा किनबेच भएको थियो। आज कारोबारका सबै परिसूचकमा सुधार आएका छन्। 

प्रकाशित: १ आश्विन २०७६ ०९:५५ बुधबार

सेयर_बजार नेप्से सुधार