८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

हुलाकको राजस्व १८ लाख ३६ हजार

नुवाकोट – जिल्ला हुलाक कार्यालय नुवाकोटले गत आर्थिक वर्षमा १८ लाख ३६ हजार सात सय रुपैयाँ राजस्व संकलन गरेको छ। हुलाक टिकट वितरण, एफएम/रेडियो नवीकरण, केबल रोयल्टी, भन्सार प्रज्ञापण शुल्क लगायतबाट गत आवमा उक्त राजस्व संकलन गरेको हो।

कार्यालयले आव ०७४/७५ मा १८ लाख दुई हजार ६ सय रुपैयाँ र आव ०७३/७४ मा १६ लाख पाँच हजार तीन सय रुपैयाँ राजस्व संकलन गरेको छ।     जिल्ला हुलाक कार्यालय नुवाकोटका निमित्त प्रमुख गोपाल अधिकारीका अनुसार हुलाक टिकटबाट सबैभन्दा बढी राजस्व संकलन हुने गरेको छ। जसअनुसार टिकटबाट आव ०७३/७४ मा नौ लाख ९२ हजार सात सय, ०७४/७५ मा नौ लाख ९९ हजार पाँच सय र ०७५/७६ मा ११ लाख ४० हजार चार सय रुपैयाँ राजस्व संकलन भएको छ।

हुलाकमा व्यक्तिगत चिठी आउन छाडे पनि सरकारी कार्यालय, अन्य संघसंस्थाका चिठी पर्याप्त मात्रामा आउने गरेको कार्यालयका निमित्त प्रमुख अधिकारीले बताए। केही समयअघि सञ्चार माध्यमको दरिलो माध्यमको रुपमा रहेको हुलाक सेवा प्रविधि विकाससँगै ओझेलमा परिरहेको हो कि भन्नु सामान्य रहेको भन्दै हुलाकको सेवा सुविधालाई छिटोछरितो बनाउन प्रविधिमैत्री बनाउनु आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित: ३१ भाद्र २०७६ ०२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App