६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

साताको शेयर : दुई अर्ब २८ करोडको कारोवार

काठमाडाैं– धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीका ७४ लाख ३८ हजार ८४८ कित्ता शेयर दुई अर्ब २८ करोड ७३ लाख ८७ हजार ६३६ रुपैयाँ मूल्यमा खरीद बिक्री भएका छन्। नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर शेयर बजारमा कारोवारमापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो। पूँजीगत लाभकरलगायतका विषयमा देखिएको विवादका कारण बजारले लय समात्न नसकेको बताइन्छ।

आइतबार कूल १६९ कम्पनीका १४ लाख ६७ हजार ४६४ कित्ता शेयर ४७ करोड ४१ लाख ५१ हजार ७२९ रुपैयाँ मूल्यमा खरीद बिक्री भए। बिहीबारको तुलनामा कारोवार रकम समेत ओरालो लागेको हो। बिहिबार ५९ करोड पाँच लाख ८८ हजार २३९ रुपैयाँ मूल्यमा खरीदबिक्री भएका थिए।

यस्तै सोमबार नेप्से परिसूचक ४.५५ अङ्कले घटेर एक हजार २५५.०९ मा पुगेको छ। परिसूचक घटेसँगै कारोबार रकम पनि खुम्चेको थियो। स्टक एक्स्चेन्जका अनुसार कूल १६७ कम्पनीका १५ लाख पाँच हजार ५०६ कित्ता शेयर ४४ करोड ३२ लाख पाँच हजार ४८१ मा खरिद बिक्री भए।

मङ्गलबार पनि कारोबार मापक नेप्से परिसूचक करीब १० अङ्कले घट्यो। सो दिन नेप्से परिसूचक ९.३६ अङ्कले घटेर एक हजार २४५.७३ मा पुग्यो। सो दिन कूल १६९ कम्पनीका १४ लाख ४९ हजार ६९७ कित्ता शेयर ५४ करोड सात लाख ५५ हजार १८२ रुपैयाँ मूल्यमा खरिद बिक्री भए।

बुधबार नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भयो। परिसूचक २.७५ अङ्कले बढेर एक हजार २४८.४८ मा पुगेको छ। परिसूचक बढेपनि कारोबार रकममा भने अपेक्षित सुधार आउन सकेन। कूल १७२ कम्पनीका ११ लाख ३८ हजार ६३९ कित्ता शेयर ३६ करोड ८६ लाख ४५ हजार ६६९ रुपैयाँमा खरीदबिक्री भए।

बिहीबार कारोबार मापक नेप्से परिसूचक ९.९२ अङ्कले घटेर एक हजार २३८.५६ पुग्यो। कूल १६६ कम्पनीका १८ लाख ७७ हजार ५४२ कित्ता शेयर ४५ करोड ४६ लाख २९ हजार ५७५ रुपैयाँमा खरिदबिक्री भए। रासस

प्रकाशित: २५ श्रावण २०७६ ०८:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App