१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

गाउँपालिका केन्द्रमा बैंक स्थापनाको माग

खोटाङ – खोटाङको रावाबेंसी गाउँपालिकाले राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्न माग गरेको छ। गाउँपालिकाको केन्द्र रहेको कुभिन्डेस्थित हरम्टारमा हालसम्म कुनै पनि बैंकको शाखा कार्यालय स्थापना नहुँदा बैंकिङ कारोबार गर्न असहज भएको भन्दै गाउँपालिकाले शाखा कार्यालय स्थापना माग गरेको हो।

गाउँपालिकाको केन्द्रमा बैंकको शाखा कार्यालय नहुँदा अधिकांश बैंकिङ कारोबार दिक्तेल पुगेर सञ्चालन गर्नुपर्ने बाध्यता रहेको भन्दै प्रनिधिसभा सदस्य विशाल भट्टराई, गाउँपालिका अध्यक्ष लिलानाथ निरौलालगायतको टोलीले राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापनाका लागि लिखित माग गरेका हुन्।
 

प्रकाशित: १६ श्रावण २०७६ ०३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App