१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपाललाई जापान दियो करिब ६४ करोड अनुदान

काठमाडौं– जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशाधन विकास परियोजना कार्यान्वयनका लागि नेपाललाई ६३ करोड ९९ लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ। 

अर्थ सचिव डा. राजन खनाल र नेपालका लागि जापानका राजदूत मासामिची साईगोको उपस्थितिमा जाईका, नेपालकी प्रमुख प्रतिनिधि यूमिको आसुकुमा र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालबीच सो दुई परियोजना कार्यान्वयनका लागि ६३ करोड ९९ लाख अनुदान सहायता प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो। जापानले सन् २०१५ बाट नेपालमा सहायता उपलब्ध गराउँदै आएको ती दुई परियोजनामा थप ६३ करोड ९९ लाख अनुदान सहायता उपलब्ध गराउने समझदारी गरिएको अर्थसचिव खनालले जानकारी दिए।

नेपालका लागि जापानका राजदूत मासामिचीले नेपालको दीगो विकासका लागि शिक्षा तथा मानव संशाधन विकासको क्षेत्रमा संचालित परियोजनालाई आर्थिक सहायता उपलब्ध गराउने कामलाई निरन्तरता दिइएको बताए। उनले सो परियोजनबाट नेपालको गरिवी निवारणमा पनि उल्लेख योगदान पुग्ने विश्वास व्यक्त गरे।

जापानले नेपालको दिगो विकासका लागि पूर्वाधार, शिक्षालगायतका क्षेत्रका आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ। 

प्रकाशित: ६ श्रावण २०७६ १४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App