११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

क्यामरा बन्द गर्न मन्त्री महासेठकाे आदेश

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकाससँग सम्बन्धित समाचार संकलनका लागि मन्त्रालय पुगेका पत्रकारलाई भिडियो खिच्न रोकेका छन्।

आइतबार नेपाली कांग्रेस नुवाकोटले काठमाडौं–नुवाकोट सडक सञ्चालनका लागि ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासेठले मन्त्रालयमा पत्रकारलाई भिडियो खिच्न अवरोध गरेका हुन्।

ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री महासेठले सञ्चारकर्मीहरूलाई भिडियो खिच्न रोक लगाए। आफ्नो कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै महासेठले क्यामेरातर्फ औंलो ठड्याउँदै क्यामेरा बन्द गर्न धम्की दिए। ‘यसरी भिडियो खिच्न पाइँदैन,’ महासेठले भने, ‘क्यामरा बन्द गर्नुस्।’ उनले भिडियो खिच्दा सरकारको बेइज्जत हुने दाबी गरेका थिए।

लामो समयदेखि ककनी हुँदै काठमाडौं–त्रिशुली सडक खण्डको अवस्था नाजुक भएपछि टोलीले मन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो। उक्त सडकको निर्माण गर्ने जिम्मा शैलुङ कन्सट्रक्सनले लिएको छ। तर, तीन वर्षदेखि निर्माण कार्य पूरा हुन सकेको छैन।

सर्वसाधारणले काम नगर्ने ठेकेदारलाई कारबाही गर्नुपर्ने माग गर्दै आएका छन्। तर, सरकारले भने कुनै निर्णय गर्न सकेको छैन। ७० किलोमिटर लामो उक्त सडकको अवस्था जीर्ण हुँदा सवारी साधन सञ्चालनमा कठिनाइ छ। स्थानीय बासिन्दाले पटकपटक सडक निर्माणबारे माग गर्दै आए पनि ठेकेदार र सरकारले बेवास्ता गर्दै आएको छन्।

प्रकाशित: ३० असार २०७६ ०३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App