१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई र सुमेरु अस्पतालबीच सम्झौता

काठमाडौं–ग्लोबल आइएमई बैंक र सुमेरु अस्पतालबीच छुटसम्बन्धी सम्झौता भएको छ। अस्पतालले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई प्रदान गर्ने विभिन्न सेवासुविधामा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका कार्ड बिक्री तथा बजार प्रवद्र्घन विभाग प्रमुख नवीन सुवेदी र सुमेरु अस्पताल प्रा.लि.निर्देशक दिलिप डंगोलले हस्ताक्षर गरे। 

यो सम्झौतापछि सुमेरु अस्पताल धापाखेल, ललितपुरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन्।

प्रकाशित: ४ असार २०७६ ११:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App