१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

बन्दीपुरमा पनि कार्यक्रम सुरु

तनहुँ – तनहुँको बन्दीपुर गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यान्वयन गरेको छ ।
गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले मंगलबार बन्दीपुर बजारमा एक कार्यक्रमबीच ४१ जनालाई रोजगारी प्रदान गरेर सुरुआत गरे । तनहुँका १० वटा स्थानीय तहमध्ये बन्दीपुर सुरुआत गर्नेमा पहिलो बनेको छ । बन्दीपुर–पिप्ले सडकखण्डमा नाला बनाउने काममा खटाइएको छ ।

गाउँपालिकाका अनुसार वातावरणमैत्री काम गर्नका लागि नाहाला बनाउन डोजर प्रयोग नगरी मजदूर खटाइएको हो । दैनिक ६ सय २६ रुपैयाँ ज्याला पाउने गरी एक महिनाका लागि काममा खटाइएको हो ।

कार्यक्रमका लागि प्राप्त ११ लाख रुपैयाँमध्ये नाहाला निर्माणका लागि वडा नम्बर १ र २ मा पाँच–पाँच लाख र ४ नम्बरमा एक लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत शुकदेव लम्सालले जानकारी दिए । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सात सय ५० जनाले आवेदन दिएकामा सात सय ३६ जनाको स्वीकृत गरिएको गाउँपालिका रोजगार संयोजक शरन गुरुङले जानकारी दिए ।

संयोजक गुरुङका अनुसार वडा नं १ बाट ४२ जना, वडा नं २ बाट एक सय १३, वडा नं ३ बाट दुई सय दुई, ४ बाट ५१, ५ बाट ७७, ६ बाट दुई सय ५३ आवेदन दिएका थिए । निर्माण क्षेत्रमा उपभोक्ताबाट समितिबाट भएका काममा सूचीकृत भएकालाई पायक पर्ने स्थानमा काममा खटाइने संयोजक गुरुङ बताउँछन् । कुन क्षेत्रमा काम गर्न चाहेको हो त्यस क्षेत्रमा रोजगार दिनु पर्दा सूचीकृतलाई नै दिइने गाउँपालिकाले जनाएको छ ।

रोजगारमा कृषि, शिक्षा, भेटेनरी, शिक्षक, निर्माण कुन क्षेत्रमा रोजगारी चाहेको आवेदनमा खुलाउन लगाइएको र आवश्यकता पर्दा सूचीकृत भएकालाई मात्रै अवसर दिएर काम खटाइने रोजगार कार्यक्रम शुभारम्भका अवसरमा जानकारी दिइएको थियो । ‘पालिकामा जसले बेरोजगारमा सूचीकृत गरेका छन् सबै काम उनीहरुले मात्रै पाउँछन्,’ गाउँपालिकाका अध्यक्ष थापाले कार्यक्रमको शुभारम्भ गर्दै भने, ‘शिक्षकमा निमार्णमा, स्वास्थ्यमा जे मा आवश्यक पर्छ सूचीकृत भएकाले मात्रै पाउँछन् ।’
समयमा आएर काम गर्ने, तोकिएको समयसम्म काम गर्ने र राम्रोसँग काम गरी नमूनायोग्य काम देखाइदिनुस् अध्यक्ष थापाले रोजगारमा संलग्नलाई पुनः आग्रह गरे । समय अभावले यो वर्ष हतारमा काम गर्नुपरेको र आगामी वर्षदेखि अधिकांशलाई निर्माण क्षेत्रमा काम गर्न सक्ने भएकाले त्यसमा व्यवस्थापन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित: ३० जेष्ठ २०७६ ०३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App