१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

विनियोजन विधेयक पारित

काठमाडौं – प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकले ‘विनियोजन विधेयक, २०७६ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले उक्त विधेयक प्रस्तुत गरेका थिए। विधेयकमाथि यही जेठ २७ गतेदेखि आगामी असार ६ गतेसम्म छलफल हुनेछ। सभामुख कृष्णबहादुर महराले दलीय प्रतिनिधित्वका आधारमा छलफल हुने जानकारी दिए।

उक्त  विधेयकमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले कृषि क्षेत्रको विकासका लागि सरकारले रासायनिक मल आयातलाई थप सहज बनाउन लागिपरेको बताए।  रासायनिक मल आयातलाई व्यवस्थित बनाउन सरकारले सरकार–सरकार (जिटुजी) अवधारणामा काम गर्ने तयारी गरेको उनको भनाइ थियो। अर्थमन्त्रीले बजेट मौलिक हक कार्यान्वयन गर्ने गरी तय गरिएको जानकारी दिए।

विधेयकमाथि सांसद प्रेम सुवाल, पार्वती डिसी चौधरीलगायतले बोलेका थियो।  त्यसअघि खतिवडाले ‘विनियोजन विधेयक, २०७६’, ‘राष्ट्र ऋण  उठाउने विधेयक, २०७६’ र ‘ऋण तथा जमानत (२३सौं संशोधन ) विधेयक, २०७६’ प्रस्तुत गरेका थिए।
 

प्रकाशित: २४ जेष्ठ २०७६ ०२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App