६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौँ-   शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२.८४ बिन्दुले घटेर एक हजार २९२.८४ अङ्कमा झरेको छ।    
    एक हजार तीन सय बिन्दु माथि पुगेको बजार घटेर एक हजार दुई सयको बिन्दुमा झरेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.६४ बिन्दुले घटेर २७५.४८ अङ्कमा झरेको छ। स्टकका अनुसार कूल १७१ कम्पनीको २१ लाख ७६ हजार ३७० कित्ता शेयर रु ६९ करोड ८७ लाख ३९ हजार ७०६ मूल्यमा खरीद बिक्री भए। स्टकका अनुसार आज कारोवार भएका १२ उपसमूहकै शेयर ओरालो लागेको छ।    
     बैंकिङ ११.०७, व्यापार २.६२, होटल २३.६३, विकास बैंक १३.५८, जलविद्युत् १९.०४, वित्त ५.२६, निर्जीवन बीमा ६७.६४, उत्पादन ५४.७८, अन्य ४.०१, लघुवित्त १२.५१, जीवन बीमा ५४.७३ र सामूहिक लगानी कोष ०.१४ बिन्दुले घटेको छ।    
     स्टकका अनुसार आज एनआइसि एशिया बैंकको रु नौ करोड छ लाख तीन हजार ७५३ मा कारोवार भई शीर्ष स्थानमा रहे। यस्तै शिवम् सिमेन्ट रु छ करोड सात लाख २६ हजार १८५, प्रभु बैंक रु पाँच करोड पाँच लाख ७४ हजार ५१०, नेपाल बैंक लिमिटेड रु तीन करोड ५७ लाख २४ हजार ७७ र प्रिमियर इन्स्योरेन्स कम्पनी रु तीन करोड ३० लाख ७६ हजार २१६ मा कारोवार भई शीर्ष स्थानमा रहे।    
      यस्तै तारागाँउ रिजेन्सी होटलका शेयरधनीले ७.५०, गुराँस लघुवित्त वित्तीय संस्था ४.६६, कन्काई विकास बैंक ४.४९, रिलायन्स फाइनान्स ३.७० र मल्टीपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ३.६० प्रतिशतले कमाए। स्टकका अनुसार पाँचथर पावर कम्पनी ९.५२, कर्पोरेट डेभलपमेन्ट बैंक ५.५५, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ५.४९, माउण्टेन हाइड्रो ५.४५, स्पर्श लघुवित्त वित्तीय संस्था ५.२८ र कालिका पावर कम्पनीका शेयरधनीले ५.०५ प्रतिशतले गुमाए। रासस

प्रकाशित: २० जेष्ठ २०७६ १२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App