काठमाडौं – एनआइसी एसिया बैंक लिमिटेडले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा डिजिटल पेमेन्टहरुमा क्यास ब्याक तथा डिस्काउन्ट अफरसहितको योजना सार्वजनिक गरेको छ।
उक्त योजनामा बैंकका ग्राहकले एनआइसीको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मो बैंक मार्फत भुक्तानी गर्दा १० प्रतिशत तथा उच्चतम एक हजारसम्म क्यास ब्याक तथा डिस्काउन्ट प्राप्त गर्न सक्नेछन्।
उक्त योजनाअन्तर्गत दराज अनलाइनमा कार्डबाट भुक्तानी गर्दा, खल्तीमा अनलाइन कार्डबाट भुक्तानी गर्दा कुनै पनि कारोबारको अनलाइन पेमेन्टबाट भुक्तानी गर्दा र बैंकको क्युआर पेमेन्ट सिस्टमबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत वा उच्चतम एक हजारसम्म क्यास ब्याक पाउन सकिने बैंकको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: १९ वैशाख २०७६ ०२:२० बिहीबार