१२ कार्तिक २०८१ सोमबार
image/svg+xml
अर्थ

आठौं एनएमबि बैंक हेरिटेज वाक सम्पन्न

काठमाडौं– एनएमबि बैंकले विश्व सम्पदा दिवसको उपलक्ष्यमा आठौं एनएमबि बैंक हेरिटेज वाक २०१९ आयोजना गरेको छ। बैंकले विगतदेखि आम जनमानस तथा स्थानीय समुदायलाई सम्पदाको महत्त्व बुझाउनु तथा तिनको उचित संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले हेरिटेज वाक कार्यक्रम आयोजना गर्दै आएको छ।  

बैंकले विगत सात वर्षदेखि हेरिटेज वाकको आयोजना गर्दै आएको जनाएको छ। कार्यक्रम उद्घाटन बैंकका सञ्चालकहरु तथा प्रमुख कार्यकारी अधिकृत  सुनिल केसीले संयुक्त रुपमा गरेका थिए। हेरिटेज वाक बैंकको सीतापाइला शाखा कार्यालयबाट सुरु भई स्वयम्भूनाथमा पुगेर समापन भएको थियो। स्वयम्भूनाथ परिसरमा सरसफाइ तथा फोटो प्रदर्शनी गरिएको थियो। प्रदर्शनीमा बैंकका कर्मचारीहरुद्वारा खिचिएको देशका विभिन्न सम्पदाको उत्कृष्ट तस्बिर राखिएको थियो।

साथै, बैंकले स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका प्रतिनिधिलाई १६ थान डस्टबिन समेत हस्तान्तरण गरेकोे थियो। बैंकले आठौं एनएमबि बैंक हेरिटेज वाक २०१९  को उपलक्ष्यमा आफ्नो सातैवटा प्रादेशिक कायालयमार्फत विभिन्न सम्पदाको सरसफाइ कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ।

प्रकाशित: १५ वैशाख २०७६ ०२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App