८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

क्षतिग्रस्त विमान र हेली नहटाइँदा समस्या

सोलुखुम्बु – क्षतिग्रस्त विमान नहटाइँदा लुक्लामा हेलिकप्टर उडान तथा अवतरणमा समस्या भएको छ। वैशाख १ गते समिट एयरको कलसाइन नाइन एन– एएमएचको जहाज मनाङ एयरको हेलिकप्टर नाइन एन–एएलसँग ठोक्किएर दुर्घटना भएको थियो। क्षतिग्रस्त जहाज  र हेली नहटाउँदा  हेलिकप्टर  अवतरण र पार्किङमा समस्या भएको तेन्जिङ हिलारी विमानस्थल कार्यालयले जनाएको छ।

दैनिक सयदेखि दुई सयसम्म हेलीले उडान भर्ने भए पनि हेलिप्याड वैशाख १ गतेदेखि बन्द गरिएको छ। विमानस्थलको नयाँ हेलिप्याड निर्माणका लागि खरिद गरिएको १२ रोपनी जग्गामा हेलिकप्टर पार्किङ, उडान तथा अवतरण गरिँदै आएको छ। जग्गा नसम्याइएकाले एक पटकमा ६ वटा मात्रै हेलिकप्टर पार्किङ गर्न मिल्ने नागरिक उड्डययन प्राधिकरणका प्रमुख इमनाथ अधिकारीले बताए। यसले दुर्घटनाको जोखिम बढाएको छ। अधिकारीले क्षतिग्रस्त विमान र हेलीको बिमा प्रक्रियामा रहेकाले हटाउन समय लाग्ने बताए।

वैशाख १ गते भएको उक्त दुर्घटनामा विमानस्थल सुरक्षाका लागि खटिएका दोलखा घर भएका पर्यटन प्रहरी असई रामबहादुर खड्का, काठमाडौं महानगरपालिका–७ चाबहिलका समिट एयरका सुजित ढुंगाना र विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको ज्यान गएको हो। को–पाईलट ढुंगाना र पर्यटन प्रहरी खड्काको घटनास्थलमै ज्यान गएको थियो भने घाइते श्रेष्ठको काठमाडौंस्थित बि एन्ड बि हस्पिटलमा उपचारका क्रममा ज्यान गएको थियो ।

प्रकाशित: १३ वैशाख २०७६ ०१:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App