काठमाडौं – एभरेस्ट बैंकले कुपण्डोलदेखि लगनखेलसम्मको सडकको दुवै किनारमा वृक्षारोपण गरेको छ। एभरेस्ट बैंकको सहकार्य र प्रगतिशील धारा सुधार समितिको सयोजनमा वृक्षारोपण भएको हो।
एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले संयुक्त रुपमा पुल्चोकमा वृक्षारोपण गरेर हरित अभियानको थालनी गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: १० वैशाख २०७६ ०३:०६ मंगलबार