८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने : विश्व बैंक

काठमाडौं–  विश्व बैंकले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने प्रक्षेपण गरेको छ।

बैंकले सन् २०२१ सम्मको आर्थिक वृद्धिदर प्रक्षेपण गर्दै बैंकले सो आवमा नेपालको ६.२ प्रतिशत रहने प्रक्षेपण गरेको हो। सन् २०२० मा भने नेपालको आर्थिक वृद्धिदर ६.१ प्रतिशत रहने अनुमान अध्ययनले देखाएको छ।  

दक्षिण एशियामा यो अवधिमा सबैभन्दा बढी भारतले गर्ने तथ्यांकमा उल्लेख गरिएको छ। भारतको आर्थिक वृद्धिदर सन् २०१९ मा साढे सात प्रतिशत हुने अनुमान विश्व बैंकले गरेको छ। बैंकले उसको प्रतिवेदनमा यी क्षेत्रका देशहरू आन्तरिक बजारमा सिर्जित मागबाट चलिरहेको भन्दै उनीहरुले निर्यात व्यापार वृद्धि गरी व्यापार घाटा घटाउने र चालु खाता नोक्सानी कम गर्नुपर्ने उल्लेख गरेको छ। 

दक्षिण एशियामा सबैभन्दा कम आर्थिक वृद्धि गर्ने देशको सूचीमा अफगानिस्तान परेको छ। अफगानिस्तानको सन् २०१९ मा साढे दुई प्रतिशत आर्थिक वृद्धि हुने बताएको छ। 

यद्यपि अफगानिस्तानले पछिल्ला दुई वर्षमा भने वृद्धिदर सुधार गर्दै लैजाने भएको छ। सन् २०२१ सम्म साढे तीन प्रतिशत आर्थिक वृद्धिदर पुग्ने अनुमान बैंकको हो। विश्व बैंकले यो उच्च दरको आर्थिक विकास हासिल गर्नका लागि निर्यातलाई प्रवद्र्धन गरेको छ।  

समग्रमा बैंकले दक्षिण एसियाले सन् २०१९ मा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने बताएको छ। आगामी सन् २०२० र २०२१ मा ७.१ प्रतिशतको आर्थिक वृद्धि यो क्षेत्रमा हासिल हुन विश्व बैंकले उल्लेख गरेको छ।

 

प्रकाशित: २५ चैत्र २०७५ १४:२० सोमबार

आर्थिक_वृद्धिदर विश्व_बैंक नोक्सानी