१ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

गोर्खा बियरको क्याम्पियन स्थानीय भाषामा

काठमाडाैं - गोर्खा बियरले केही दिन अघि ल्याएको ‘नेपालीपन, गोर्खाली मन क्याम्पेनलाई स्थानीय भाषामा पनि ल्याउने भएको छ।

कम्पनीले स्थानीय भाषामा ब्रान्ड क्याम्पेन गर्न लागेको जनाएको छ। कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीयकरण गर्न र देशभरिका विविध समूहलाई सुहाउँदो बनाउने सोच ब्राण्डको रहेको छ ।’

कम्पनीका अनुसार ब्रान्डले पहिलो पटक आफ्नो मास क्याम्पेनलाई क्षेत्रीय, जातीय जनसंख्यासमक्ष पु-याउने कोसिस गरेको छ। यो क्याम्पेनलाई नेवारी, गुरुङ, तामाङ, लिम्बू, मैथिली, भोजपुरी तथा थारू जस्ता क्षेत्रीय भाषामा समेत प्रस्तुत गर्ने योजना कम्पनीको छ। 


       

प्रकाशित: २३ फाल्गुन २०७५ १०:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App