११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

नागरिक लगानी कोषको आधिकारीक ट्रेड युनियनमा चालिसे

काठमाडौं – नागरिक लगानी कोषको आधिकारिक ट्रेड युनियनमा नागरिक लगानी कोष कर्मचारी युनियनहरुबीच सहमति भई  निर्विरोध निर्वाचित भएका छन्। कोषमा आवद्ध नागरिक लगानी कोष कर्मचारी युनियन र नेपाल वित्तीय संस्था कर्मचारी संघबीच आधिकारिक ट्रेड युनियन गठनका लािग निर्वाचन हुने प्रक्रियाअन्तर्गत सहमति भएपछि कर्मचारी युनियनले नेतृत्व लिएको हो। 

कोषमा आवद्ध प्रतिष्ठान स्तरका ट्रेड युनियनहरु १० फागुनमा निर्वाचन गर्नेगरी कार्यक्रम सार्वजनिक गरिएकामा २ फागुनमा निर्धारित समयभित्रै कर्मचारी युनियन र कर्मचारी संघबीच सहमति भई नेपाल वित्तीय संस्था कर्मचारी संघ, नागरिक लगानी कोषले नाम फिर्ता लिई नागरिक लगानी कोष कर्मचारी युनियनलाई सहमति प्रदान गरेको थियो। 

सोही अनुसार नागरिक लगानीकोष कर्मचारी युनियन एक मात्र प्रतिष्ठानस्तरको ट्रेड युनियनको उम्मेदवार कायम रहेकाले आधिकारिक ट्रेड युनियन निर्वाचन निर्देशिका २०५२ को दफा १४ (०२) बमोजिम नागरिक लगानी कोष कर्मचारी युनियन निर्विरोध निर्वाचित भएको श्रम तथा रोजगार कार्यालय बागमतीले जनाएको छ। कोषको आधिकारिक ट्रेड युनियनको चुनावमा यसरी निर्विरोध रुपमा सहमति कायम हुन प्रतिष्ठान स्तरको युनियनहरुका लागि एक उदाहरणीय कार्य भएको युनियनको विज्ञप्तिमा उल्लेख छ। 

नयाँ कार्यसमितिको अध्यक्ष सुरेश चालिसे, उपाध्यक्ष प्रदिप अधिकारी, सचिव नेत्र विक्रम थापा, सह–सचिव अवधेश मण्डल, कोषाध्यक्षमा शर्मिला श्रेष्ठ चयन भएका छन्। त्यस्तै सदस्यमा अर्चना घिमिरे, जयकिशोर यादव, मौसमी राई, दुर्गानन्द यादव, श्यामलाल श्रेष्ठ र रवि खनाल निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई कोषका कार्यकारी निर्देशक रमण नेपालले बधाई ज्ञापन गरे। नवगठित कर्मचारी युनियनसँग कोषको समग्र हितका लागि मिलेर काम गर्ने उनले बताए। साथै सहमति कायम गर्न सफल भएकामा सबै कर्मचारीलाई धन्यवाद ज्ञापन गरे। नवगठित कार्य समितिका पदाधिकारीलाई बधाई ज्ञापन गर्दै कार्यक्रम सफलताको कामनासमेत गरे।

 

प्रकाशित: १५ फाल्गुन २०७५ ०१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App