२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

शेयर बजारः ७.६ अङ्कले बढ्यो नेप्से

काठमाडौं–नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज सामान्य वृद्धि भएको छ। कारोवार मापक नेप्से परिसूचक ७.६ बिन्दुले बढेर ११ सय४८.७८ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६४ बिन्दुले बढको छ। 

स्टकक अनुसार आज कूल १५४ कम्पनीको ९ लाख ९७ हजार ६७२ कित्ता शेयर ३२ करोड ३७ लाख ५८ हजार ७४ रुपैयाँमा खरीद बिक्री भएका छन्। कारोवार भएका १० उपसमूहमध्ये आज ३ उपसमूहको शेयर घटेका छन् भने सात उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ । होटल १. ८५, वित्त शून्य दशमलव ४४ र अन्य उपसमूह २.५७ बिन्दुले घटेको छ।

बैंकिङ ८.५५, विकास बैंक ८.८७, जलविद्युत् ८.८, निर्जीवन बीमा ६५.७८, उत्पादन ५.३८, लघुवित्त ११.६१ र जीवन बीमा ३०.२७ अंकले बढेको छ । साताको कारोवार हुने आज अन्तिम दिन नागबेली लघुवित्त वित्तीय संस्था, रैराङ हाइड्रोपावर कम्पनी, लक्ष्मी लघुवित्त वित्तीय संस्था, काबेली विकास बैंकका शेयरधनीले कमाएका छन् । सूर्योदय लघुवित्त वित्तीय संस्था, सेन्ट्रल फाइनान्स लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । 

 

प्रकाशित: २७ मंसिर २०७५ १०:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App