११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘कांसाकार ज्यू, राजीनामा दिनुस अन्यथा मन्त्रीले हटाउनुस’

तस्बिरः दिपेश श्रेष्ठ

काठमाडौ– सत्तारुढ दलका सांसदले नै वाईड बडी जहाज खरिदमा अनियमितताको मूख्य सुत्रधार रहेको भन्दै नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको राजीनामा मागेका छन्।

बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद विशाल भट्टराईले निगमका महाप्रबन्धक कंसाकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अन्यथा सरकारले नै बर्खास्त गर्नूपर्ने बताएका हुन्। 

बैठकमा भट्टराईले बाईड बडी खरिदमा महालेखा परीक्षकले समेत दोषी देखाएको भन्दै कंसाकारले उक्त पदमा बसिरहने नैतिक धरातल गुमाएको आरोप लगाएका थिए। पर्यटनमन्त्री रविन्द्र अधिकारीले पनि यस विषयको गाम्भिर्य बुझेर कारबाही प्रक्रिया अगाडी बढाउनु पर्ने उनले बताए।

रकम भुक्तानी नै २ पटक गरिएको छ, यस्तो प्रकृयाको मिहिन छानविन मन्त्रालयले गर्नुपर्ने थियो,’ भट्टराईले भने, ‘वाइड बडीको घोटालाको डिजाईनर कंशाकार हो, उनलाई पदमा बस्ने नैतिक आधार छैन, कुशल व्यवस्थापक हुँ भन्ने दाबी गर्दै हिड्ने तर यति प्रस्न उठदा पनि किन पद नछाडेको?’ भट्टराइले मन्त्री अधिकारीलाई पनि प्रश्न गरे, राष्ट्रको सम्पतीमा बदमासी भइरहेको छ, यस्तो हुँदा पनि कंसाकारलाई किन नहटाएको? 

प्रकाशित: १९ मंसिर २०७५ ०९:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App