४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्रभावकारी बन्दै स्याउ सुपरजोन

जुम्ला - जुम्लामा पछिल्लो समय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत स्याउ सुपरजोन परियोजना प्रभावकारी बन्दै गएको छ। परियोजनाले यहाँका किसानलाई व्यावसायिक स्याउ खेति गर्ने तालिम देखि लिएर उपकरण प्रदान गर्न थालेपछि किसान गुणस्तरीय स्याउ फलाउन सक्रिय भएका छन्।

किसान र स्याउ व्यापारीबीचको आपसी समन्वयका आधारमा आगामी दिनमा कार्यक्रमलाई अझै गुणस्तरीय बनाउदै लग्ने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई सुपर जोन स्याउ कार्यक्रम जुम्लाले जनाएको छ।

स्याउ सुपरजोन कार्यक्रमको ५ अवधारणा अनुसार जुम्लामा आर्थिक वर्ष २०७३/७४ मा जिल्लाको हाँकु, लाम्रा, तातोपानी र चन्दननाथ नगरपालिकामा परियोजना लागु भएको थियो। चालु आर्थिक वर्षमा पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिकामा पनि कार्यक्षेत्र बनाएर काम गर्ने परियोजनाका प्रमुख टिकाराम शर्माले जानकारी दिए। उनले भने,“जुम्ला स्याउ खेतिमा संभावना बोकेको जिल्ला भएकोले स्याउ खेतिमा सरकारले उच्च प्राथमिकतामा पार्दै आईरहेको हो। स्याउको व्यावसायिक खेति गरेमा यहाँका किसान स्याउ बेचेर आत्मनिर्भर बन्न सक्ने प्रसस्त आधार छन्। किसानको सक्रियता र सरोकारवालाको दतारुकता र ऐक्यबद्धता मात्रै भए स्याउले भरिपुर्ण जुम्ला हुन सक्ने देखिन्छ। ”

परियोजना कार्यान्वयन ईकाई सुपर जोन स्याउ जुम्लाका बरिष्ठ कृषि अधिकृत शर्माले ७ वटै प्रदेशमा सुपरजोन कार्यक्रम संचालन भएको भन्दै सुपोर जोन कार्यक्रमले किसानलाई व्यावसायिक बनाउँदै लगेको बताए। उनले भने,“यो परियोजनाले स्याउको व्यावसायिक खेति गर्ने किसानलाई आर्थिक, भौतिक र नैतिक सहयोग गर्दै आईरहेको छ।"  

 

प्रकाशित: १४ मंसिर २०७५ ०९:४४ शुक्रबार

जुम्ला स्याउ_सुपरजोन