१ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

पुनर्बिमा कम्पनी लिमिटेडसँग प्राइमलाइफको पुनर्बिमा सम्झौता

काठमाडौं – नेपाल पुनर्बिमा कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बिमा व्यवस्थाको लागि सम्झौता भएको छ। नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५–०७६ को बजेट वक्तव्यबाट व्यवस्था गरे बमोजिम यो सम्झौता भएको प्राइम लाइफले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।

सोमबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बिमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन। उक्त व्यवस्थाले चालु आर्थिक वर्षको आरम्भदेखि नै पुनर्बिमा हुने र यसबाट दुवै कम्पनी लाभदायी हुने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १२ मंसिर २०७५ ०४:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App