६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

काठमाडौं र बुटवलमा बजाज मास्टर मेक कार्यक्रम सम्पन्न

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बुटवल र काठमाडौंमा क्षेत्रीयस्तरको बजाज मास्टर मेक २०१८ प्रतियोगिता आयोजना गरेको छ।

कार्यक्रमको मुख्य उद्देश्य देशभरका बजाजका बिक्रेताका प्राविधिकलाई सहभागी गराउने, प्राविधिक तवरले अग्रसर बनाउने कार्यलाई मनोरञ्जनात्मक बनाउने रहेको कम्पनीले जनाएको छ। कार्यक्रममा प्रतिस्पर्धीमध्येबाट सर्वोत्कृष्ट प्राविधिक छनोट गरी सम्मान प्रदान गर्ने, पुरस्कृत गर्ने र हौसला बढाउने रहेको कम्पनीका भनाइ छ।

कम्पनीले प्राथमिक, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय चरणमा गरी चार चरणमा प्रतियोगिता सञ्चालन गर्ने हंसराज हुलासचन्दका तालिम विभागीय प्रमुख उमेश श्रेष्ठले जानकारी दिए। प्रतियोगीताका क्रममा प्राथमिक चरणमा पाँच सय ४१ प्रतियोगीमध्येबाट क्षेत्रीय चरणका लागि एक सय ३० प्रतियोगी छनोट भएका थिए। तीमध्ये बुटवल क्षेत्रबाट बिक्रेतातर्फबाट १८ प्रतिस्पर्धी र आधिकारिक सर्भिस पोइन्टबाट आठ प्रतिस्पर्धीबीच क्षेत्रीय प्रतियोगिता भएको कम्पनीको भनाइ छ।

जसमा बिक्रेताहरुको प्रतियोगितामा नेपालगजको नेपाल ट्रेड च्यानलबाट भुवनेश्वर सिंह ठाकुरले प्रथम, सुर्खेतको असीम अटो पार्टसबाट धनबहादुर डेङगा मगरले द्घितिय र कावासोतीको चेक इन अटोबाट नरेश कुमार महतोले तृतिय स्थान हासिल गरे। आधिकारिक सर्भिस पोइन्टहरुको प्रतियोगितामा दलदलेको बाइक केयर सेन्टरबाट भुषण कुमार कुशवाहाले प्रथम, पाल्पाको राजनशाहीले द्घितिय र सल्ली बजारका किरण अटो पार्टसबाट समसुलहक खानले तृतिय स्थान हासिल गरे।

ती मध्ये काठमाडौक्षेत्रबाट विक्रेताहरुको तर्फबाट १९ जना प्रतिस्पर्धीहरुर आधिकारिक सर्भिस पोइन्टबाट ८ जना प्रतिस्पर्धीहरुबीच क्षेत्रीय प्रतियोगीता भएको थियो जसमा बिक्रेताहरुकोप्रतियोगितामा कुमारीपाटीकोएम एण्ड एम मोटरसाइकल सपी बाट सुनिल महर्जनले प्रथम, नया बानेश्वरको अटो भ्युबाट हरेन्द्र चौधरीले द्घितिय र भक्तपुरकोएस एण्डएस इन्टरप्राइजेजबाट पुष्कर महर्जनले तृतिय स्थान हासिल गरे। आधिकारिक सर्भिस पोइन्टहरुकोप्रतियोगितामा ठेचोकोबिष्णु मोटरसाइकल वर्कशपबाटबिनोद महर्जनले प्रथम, दहचोककोदिप ज्योति ट्रेड कन्र्सनबाट प्रवेश पुडासैनिले द्घितिय र गोदावरीका हाम्रो मोटरसाइकल वर्कशपबाट रिकेश्वर श्रेष्ठले तृतिय स्थान हासिल गरे।

प्रकाशित: ९ मंसिर २०७५ ०३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App