१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

जुम्लाबाट १७ करोडको स्याउ निर्यात

तस्बिरः नागरिक

जुम्ला – चालू आर्थिक वर्षमा जुम्लाबाट झण्डै १७ करोड बराबरको स्याउ निर्यात भएको छ। गत भदौ महिनादेखि कार्तिकसम्म यहाँबाट १७ करोडको स्याउ निर्यात भएको हो। यो वर्ष भदौ १० गतेदेखि स्याउ टिप्न किसानलाई सुचित गरिएको थियो। जसले गर्दा गुणस्तरिय स्याउ उत्पादनमा टेवा पुगेको थियो।

यस वर्ष स्याउ बेचेर जिल्लाका प्रति स्याउ कृषकले ५० हजारदेखि १० लाखसम्म आम्दानी गरेको तथ्यांक छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ सुपरजोन जुम्लाका अनुसार जिल्लामा झण्डै ३ हजार ४ सय टन स्याउ उत्पादन भएको थियो।  जसमा २ हजार ३ सय टन स्याउ बाहिरी जिल्लामा निर्यात भएको हो। कृषि ज्ञान केन्द्रका विज्ञ बालकराम देवकोटा स्याउको क्षेत्रफलका आधारमा निकै कम फलेपनि गत वर्षको तुलनामा यो वर्ष उत्पादन बढेको बताउँछन्। उनले भने, “यो पटक ठिक समयमा स्याउ टिपेकोले गुणस्तर स्वादिलो र रसिलो स्याउ बजारमा पुगेको हो।”

जिल्लाका आठवटा स्थानीय तहबाट स्याउ निर्यातका लागि करिब ३ सय जना व्यापारीले अनुमति लिएको स्थानीय सरकारको तथ्यांकमा उल्लेख छ। स्थानीय तहले प्रति किलो स्याउ निर्यातको ५० पैंसाका दरले कर संकलन गरेको थियो। यहाँका स्याउ किसानले बगैचामै ६० रुपैयाँ प्रतिकेजी स्याउ बेचेका हुन। 

जुम्ली स्याउ नेपालगंज, सुर्खेत, विराटनगर, पोखरा महेन्द्रनगर, लगायत देशका प्रमुख व्यापारिक सहरमा समेत पुगेको छ।  यहाँको स्याउ लेवलिङ, ग्रेडिङ र प्योकेजिङ आधारमा बजारमा लिने चलन छ, कृषि बिज्ञ देवकोटाले भने,“गे्रड ए, बी र सी आकारको स्याउ बजारमै लैजान गरिएकोमा डी ग्रेड भन्दा सानो स्याउको चाना, जाम, जुस, जेली र ब्राण्डी बनाउने गरिन्छ।

जुम्लाको ३ हजार ४ सय ५० हेक्टर जमिनमा स्याउ खेती भएकोमा ९ सय हेक्टरमा लगाइएको स्याउले फल दिन्छ।  गत वर्ष ३ हजार ७ सय टन स्याउ निर्यात भएको थियो। जुम्लाका कुल १८ हजार घरधुरीमध्ये १४ हजार घरमा स्याउ बगैचा छन्। न्यूनतम २५ देखि माथिको संख्यामा स्याउ विरुवा रहेकोलाई बगैंचाको रुपमा दिने गरिएको छ।  

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोनका बरिष्ठ कृषि अधिकृत टिकाराम शर्माले स्याउ फुल्ने समयमा असिना पर्ने, हिउँ कम पर्ने, पानी बढी पर्ने र विभिन्न रोगका कारण स्याउ उत्पादन वर्षेनी ओरालो तिर लाग्ने गरेको बताए। स्याउ खेतिको क्षेत्रफल बढेदै जादा उत्पादनमा गिरावट आउन थालेपछि किसान चिन्तित छन। यहाँका किसानलाई बगैचा व्यवस्थापन, रेखदेख र बजारीकरणका वारेमा थुप्रो ज्ञान छ, तर व्यवहारमा कार्यन्वयन नगर्दा गुणस्तरिय उत्पादन हुन सकेको छैन्। 

पछिल्लो समयमा यहाँका स्थानीय तहले स्याउ र सिमीलाई लक्षित गर्दै कृषिका कार्यक्रम तर्जुमा गरेका छन। गत वर्ष किसानले स्याउ आफैं बाहिरी बजारसम्म लिने गरेकोमा यो वर्ष व्यापारीलाई बगैंचामै दिएका हुन। स्थानीय तहले स्याउमा कर लगाएपछि किसानले स्याउ निर्यात नगरेका हुन्।

प्रकाशित: ६ मंसिर २०७५ ०८:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App