१० आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘नेपाल अब आर्थिक समृद्धिको यात्रामा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक स्थायित्वसँगै नेपाल आर्थिक समृद्धिको यात्रातर्फ उन्मुख भएको बताएका छन्।

मलेसियाको क्वालालामपुरमा एसिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको छाता संस्था (इफापका) को ४४औं सम्मेलनलाई सम्बोधन गर्दै सिंहले नेपालको अबको लक्ष्य आर्थिक समृद्धि भएको बताए । नेपाल सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने अवधारणासहित अगाडि बढिरहेको जानकारी दिँदै सिंहले समृद्ध नेपाल बनाउन निर्माण उद्योगको भूमिका महत्वपूर्ण रहने उनको भनाइ थियो।

भौतिक पूर्वाधारको विकासबाट नेपालले आर्थिक समृद्धि हासिल गर्न सक्छ भन्नेमा राजनीतिक दलको पनि पूर्ण साथ रहेको सिंहले बताए । भौतिक पूर्वाधारको क्षेत्रमा विकास गर्दै सन् २०३० सम्ममा नेपाललाई मध्यम आयस्तर भएको मुलुक बनाउने तयारीमा सरकार लागेको उनले जानकारी दिए । आफ्नो लक्ष्य प्राप्तिका लागि सरकारले सार्वजनिक निजी साझेदारीको अवधारणालाई प्राथमिकता दिएको अध्यक्ष सिंहले बताए।

यसैबीच सम्मेलनबाट इफापकाको प्रथम उपाध्यक्षमा रमेश शर्मा र प्रस्तावित महासचिवमा जयराम लामिछाने चयन भएका छन् । महासंघका पूर्वअध्यक्ष शर्मा र लामिछाने दुवै हाल सल्लाहकार छन् । त्यस्तै, इफापकाको बोर्ड सदस्यमा विरेन्द्रराज पाण्डे चयन भएको महासंघले जनाएको छ । सम्मेलनमा सहभागी हुन महासंघ अध्यक्ष सिंह नेतृत्वको प्रतिनिधिमण्डल गत सोमबार मलेसिया गएको थियो।

प्रतिनिधिमण्डलले मलेसियासहित सिंगापुर र इन्डोनेसियाको भ्रमण गरी भौतिक पूर्वाधारको क्षेत्रमा ती राष्ट्रले हासिल गरेका उपलब्धिको स्थलगत अध्ययन अवलकोन गर्ने कार्यक्रम रहेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । इफापकाको ४६ औं सम्मेलन नेपालमा आयोजना हुने महासंघले जानकारी दिएको छ।

प्रकाशित: २ मंसिर २०७५ ०५:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App