२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गुल्मीको पुर्कोट दहमा कृषि विकास बैंक

काठमाडौं – कृषि विकास बैंकले गुल्मीको मदाने गाउँपालिका पुर्कोट दहमा शाखा खोलेको छ। बुधबार संघीय संसदका सदस्य रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य दिनेश पन्थी र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले संयुक्त रुपमा उक्त शाखा उद्घाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

सो अवसरमा बैंकले प्रदान गर्ने सेवा सुविधा, बैंकको एटिएम कार्ड, भिसा कार्ड, आइपिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैकिङ, आस्बा र डिम्याट सुविधाबारे समेत जानकारी दिइएको विज्ञप्तिमा उल्लेख छ।

यसैबीच, बैंकले रुपन्देहीको मोतिपुर खानेपानी उपभोक्ता संस्थालाई कम्प्युटर वितरण गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृति लिलाप्रकाश सिटौलाले कम्प्युटर हस्तान्तरण गरेका थिए।

प्रकाशित: १५ कार्तिक २०७५ ०४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App