२७ पुस २०८१ शनिबार
image/svg+xml
अर्थ

सुक्खा बन्दरगाह भन्सारको राजश्व लक्ष्य नाघ्दै

बीरगन्ज- चालु आर्थिक वर्षको पहिलो ३ महिनामा वीरगन्ज, सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले राजश्व असुलीको लक्ष्यलाई नाघेको छ। गत वर्षमा लक्ष्य अनुसार २८ अर्ब २९ करोड ४२ लाख ६० हजार रुपैयाँ राजश्व संकलन गर्न सकेको थिएन। यस भन्सार कार्यालयले यसपाली अघिल्लो आर्थिक वर्षभन्दा २७.५६ प्रतिशतले बढी ३६ अर्ब ९ करोड ३२ लाख २ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य राखेको छ। पहिलो ३ महिनाको लक्ष्य पुरा गर्दै यस कार्यालयले १.२४ प्रतिशतले बढी असुली गरेको छ।

साउनदेखी असोजसम्ममा सुक्खा बन्दरगाह भन्सार कार्यालयले आठ अर्ब २ करोड ४० लाख १० हजार रुपैयाँ राजश्व संकलन गरेको छ। यस ३ महिनाका लागि यस कार्यालयले ७ अर्ब ९७ करोड २ लाख ५ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य लिएको थियो। ‘विशाखापटनम बन्दरगाह प्रयोगमा आएपछि बढी परिमाणमा मगाइने समानहरु त्यताबाट आउन थालेका छन्, यता कोलकतामा अलिकति चाप कम भएपछि अरु समानहरु कोलकता भएर छिटोछरितो भित्रिन थालेका छन्, यसले गर्दा सुक्खा बन्रगाहमा आयातको परिमाण बढेको छ,’ सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सुर्य सेढाईले भने, ‘अमेरिकी डलरको बिनिमय दर बढेकोले पनि त्यसको असर मुल्यसंगै राजश्वमा पनि परेको छ।’

सुक्खा बन्दरगाह भन्सार कार्यालय भएर बोराबन्द समानको आयात बढेको छ। त्यस्तै हलुका पेय पदार्थ, वाइन र कच्चा मदिराको आयात उच्च छ। त्यस्तै मरिच, जिप कार भ्यान, प्लास्टिक दाना, बिभिन्न इलेक्ट्रोनिक समान, कागज, बिभिन्न खाले गेडागुडी लगायतको आयात पनि बढेको छ। सुक्खा बन्दरगाह भन्सार कार्यालय भएर बीरगन्ज औद्योगिक करिडोरका उद्योगहरुको कच्चा पदार्थ आउने गरेको छ।

रेल लाइनमार्फत समुद्री बन्दरगाहबाट जोडिएको मुलुको एक मात्र नाकाको रुपमा रहेको सुक्खा बन्दरगाहको भौतिक संरचना सुधार र विकास गर्ने हो भने यहाँबाट हुने ब्यपार अरु नाकाभन्दा निकै बढी तिब्रताले बृद्धी हुने नेपाल उद्योग बाणिज्य महासंघका सदस्य अशोक टेमानी बताउँछन्। गत आर्थिक बर्ष २०७४/०७५ मा लक्ष्यको ९६.६१ प्रतिशत मात्र असुली गर्दै २७ अर्ब ३३ करोड ५१ लख ९२ हजार रुपैया राजश्व संकलन गरेको थियो ।

 

 

प्रकाशित: १० कार्तिक २०७५ १०:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App