काठमाडौं – एनआइसी एसिया बैंकले ‘न्यू प्रिमियम समुन्नति बचत खाता’ सञ्चालनमा ल्याएको छ । उक्त शाखा खोलेमा भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सुविधामा २० प्रतिशत विशेष छुट पाउने जनाएको छ।
यस सुविधाबाट देश तथा विदेशमा रहेका ग्राहकलाई बैंकको ‘न्यू प्रिमियम समुन्नति बचत खाता’ खोल्न सहज होस् भन्ने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । बैंकको मुलुकभर दुई सय ६१ शाखा कार्यालय, दुई सय ५६ एटिएम, २५ वटा एक्सटेन्सन काउन्टर एवं १८ शाखारहित बैंकिङ एकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरको जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: ३० आश्विन २०७५ ०३:२३ मंगलबार