२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लक्ष्मी बैंकद्वारा टेम्पो सहयोग

काठमाडौं – लक्ष्मी बैंकले आइतबार पशुपतिनाथ परिसरमा प्रयोग गर्न दुई थान विद्युतीय टेम्पो हस्तान्तरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेको जनाएको छ।

टेम्पो पशुपति मन्दिर परिसरभित्र विषेश गरी वृद्ध र अशक्त भक्तजनलाई निःशुल्क सेवा दिन प्रयोग हुनेछ। पशुपति क्षेत्र विकास कोषले आइतबार आयोजना गरेको एक कार्यक्रमा बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई सफा टेम्पोको साँचो हस्तान्तरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

लक्ष्मी बैंकले ४६ जिल्लामा ९६ शाखा, तीन हस्पिटल सेवा काउन्टर, एक सय सात एटिएम, २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ५१ शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिइरहेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १५ आश्विन २०७५ ०५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App