२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

हेटाैडा उपमहानगरपालिकाको आम्दानी एक अर्ब ४२ करोड

मकवानपुर - हेटौडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७४/७५ मा आन्तरिक आय र बाह्य गरी कुल एक अर्ब ४२ करोड ९५ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको छ। वार्षिक लक्ष्य भन्दा ९ प्रतिशत बढी आम्दानी गर्न सफल भएको शुक्रबार पत्रकार समेलन गर्दै उपमहानगरपालिकाले जनाएको छ। नगरपालिकाले एक अर्ब २४ करोड ३ लाख रुपैयाँ बाह्य र १८ करोड ९२ लाख ८९ हजार रुपैयाँ आन्तरिक आम्दानी गर्न सफल भएको हो। आम्दानी गरेको रकम मध्ये उपमहानगरपालिकाले एक अर्ब १५ करोड ९ लाख रुपैयाँ मात्र खर्च गरेको जनाएको छ।

गत आर्थिक वर्षमा विभिन्न साना, ठुला गरी ६ सय ५२ योजना रहेकोमा ४ सय ६८ योजना सम्पन्न भएको र १ सय ८३ याेजना चालु रहेको उपमहानगरका सुचना अधिकारी डा. शंकरप्रसाद उपाध्यायले बताए। उनका अनुसार सामाजिक विकासतर्फ १ सय ६३ योजनामध्ये १ सय ३७ योजना सम्पन्न भएका छन् भने २६ वटा चालु रहेको छन्। यसैबीच, उपमहानगरपालिकाको न्यायिक समितिमा गत आवमा १९ वटा मुद्दा दर्ता भएका थिए। ती मध्ये २ वटा मिलापत्र भएको र तारेख छाडेका कारण १० वटा मुद्धा खारेज भएको उपमहानगरले जनाएको छ। 
 

प्रकाशित: १२ आश्विन २०७५ १४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App