२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दराजको पहिलो सेलर समिट

काठमाडौं – दराजले नेपालमा पहिलो सेलर समिट गरेको छ । दराजका ६ सय ५० भन्दा बढी बिक्रेताको सहभागितामा समिट गरेको हो।

समिटले दराजमार्फत हुने व्यवसायमा नयाँ अवधारणा तथा अवसर प्रदान गरेको छ । साथै दराजले अपनाएको पछिल्लो प्रविधिमा सबै बिक्रेतालाई अभ्यस्त हुने अवसर पनि समिटले प्रदान गरेको जारी विज्ञप्तिमा छ।

दराजले अहिलेको मोबाइल एपलाई परिष्कृत बनाएर आधुनिक बनाउने पनि बताएको छ। सेप्टेम्बर २९ देखि आउने नयाँ एपमार्फत दराजले बिक्रेतालाई आधुनिक शैलीमा व्यवसायमा आबद्ध गराउन लागेको हो। बिक्रेताका साथै सेवाग्राहीलाई अझै सजिलो गरी समान किनबेच गराउने योजना दराजको छ।

दराज ग्रुपका प्रमुख कार्यकारी अधिकृत बिआरके मिकल्सनले आफ्ना बिक्रेताको क्षमता अभिवृद्धि गर्दै व्यवसाय बिस्तार गर्न नयाँ रणनिति अख्तियार गर्ने उद्घोष गरेको छ।

प्रकाशित: ७ आश्विन २०७५ ०६:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App