११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

एनसेलको विशेष अफर

काठमाडौं – एनसेल प्राइभेट लिमिटेडले संविधान दिवसको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ ।यस अन्तर्गत ग्राहकले आकर्षक छुटसहितको दरमा माईफाइभ र आइफ्लिक्स सेवा प्रयोग गर्न सक्नेछन् । एनसेलका ग्राहकले मंगलबारबाट यो अफरको लाभ लिन सक्नेछन् । यो अफर १५ दिनसम्म सञ्चालनमा रहनेछ।

यस विशेष योजनाअन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अब मात्र पाँच (कर बाहेक) मा माईफाइभ सेवा सुचारु गरी एनसेलका पाँचवटा आत्मीय (माईफाइभ) नम्बरमा मात्र ५० पैसा (कर बाहेक) प्रतिमिनेटको दरमा कुरा गर्न सक्नेछन् । विद्यमान शुल्कमा माईफाइभ सेवा सुचारु गर्न प्रतिमहिना करबाहेक २० रुपैयाँ र माईफाइभ नम्बरहरुमा कुरा गर्न प्रतिमिनेट ९९ पैसा (करबाहेक) लाग्ने कम्पनीले जनाएको छ। 

एनसेलका प्रिपेड ग्राहकले एस्ट्रिक्स५५८८ह्यास डायल गरी अफरअन्तर्गत एक महिनाका लागि माईफाइभ सेवा सुचारु गर्न सक्छन् । प्रत्येक महिना स्वतः नवीकरण हुने गरी माईफाइभ सेवा लिन चाहने ग्राहकले एस्ट्रिक्स५५९९ह्यास डायल गरी यो सेवा सुचारु गर्न सक्छन् ।पाँचवटा नम्बरहरु माई फाइभ सर्कलमा राखी सकेपछि नम्बर परिवर्तन गर्दा प्रत्येक नम्बर परिर्वतनको करबाहेक पाँच रुपैयाँ शुल्क लाग्नेछ। 

संविधान दिवसको अवसरमा आएको नयाँ अफरमा एनसेलले आफ्ना ग्राहकका लागि सुलभ दरमा भिडियो कन्टेन्टमा पहुँच सुनिश्चित गर्न आइफ्लिक्सको डेटा शुल्कमा पनि भारी छुट दिएको जनाएको छ । यस अन्तर्गत ग्राहकले अब आइफ्लिक्स विभिन्न चार प्रकारका डेटा प्याकमध्ये कुनै पनि प्याक करबाहेक१० रुपैयाँमा सुचारु गर्न सक्छन्।

विद्यमान शुल्क अनुसार, यी चार डेटा प्याक एक घन्टाको आइफ्लिक्स डेटा प्याक (वान टाइम), एक घन्टाको आइफ्लिक्स डेटा प्याक (रिकरिङ), अनलिमिटेड नाइट आइफ्लिक्स डेटा प्याक (वान टाइम) र अनलिमिटेड नाइट आइफ्लिक्स डेटा प्याक (रिकरिङ) को दर करबाहेक ४४.२५ रुपैयाँ रहेको थियो। 

एनसेलका ग्राहकले अब आइफ्लिक्सका यी डेटा प्याक १० रुपैयाँ (कर बाहेक) मा प्रयोग गर्दै यसमा रहेको बृहत् भिडियो कन्टेन्टको मनोरञ्जन लिन सक्नेछन् । आइफ्लिक्स एक इन्टरनेट टिभी सेवा हो जसको बृहत् अनलाइन लाइब्रेरीबाट प्रयोगकर्ताले चर्चित तथा आफूलाई मनपर्ने सिनेमा, टिभी सो तथा अन्य धेरै कन्टेन्ट अनलाइन हेर्न तथा डाउनलोड गर्न सक्छन्। 

 

प्रकाशित: ३ आश्विन २०७५ ०३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App