१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

एनआइसी एसिया बैंकको कर्जा योजना

काठमाडौं – एनआइसी एसिया बैंकले दुईवटा ‘चमत्कारिक’ कर्जा योजना ल्याएको छ। बैंकले सवारी कर्जा र घरजग्गा कर्जामा नयाँ योजना सार्वजनिक गरेको हो।

यस योजनाअन्तर्गत नयाँ गाडी लिन वा पुरानो सवारी साधन साट्न चाहने ग्राहकका लागि कर्जा तुरुन्तै स्वीकृत हुने बैंकले जनाएको छ । ‘अन द स्पट फाइनान्सिङ’बाट अधिकतम १५ वर्षसम्मको लागि न्यूनतम मासिक किस्ता रकममा कर्जा उपलब्ध गराइने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। मासिक किस्ता सवारीको मूल्यअनुसार मासिक ११ हजार रुपैयाँबाट सुरु हुनेछ।

त्यस्तै, घरजग्गा कर्जा ५० वर्षसम्मका लागि उपलब्ध गराउने बैंकले जनाएको छ। उक्त कर्जा लिने ग्राहकले आंशिक वा पूर्णरुपमा निःशुल्क पूर्वभुक्तानी गरी आफ्नो इच्छानुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने, कर्जा रकम घटाई नयाँ किस्ता र भुक्तानी अवधि कायम गर्न सक्नेछन्।

दुवै कर्जाको मासिक ब्याजदर ०.९ प्रतिशत हुने बैंकले जनाएको छ। घरजग्गा र सवारी दुवै कर्जा लिने ग्राहकलाई विशेष छुटसमेत प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३१ भाद्र २०७५ ०५:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App