१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

जनकपुर र गोलबजारमा ज्योति बैंक

काठमाडौं – ज्योति विकास बैंक लिमिटेडले धनुषाको जनकपुर र सिरहाको गोलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। जनकपुर शाखाको बुधबार जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर शाह, नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयका निर्देशक नरेश शाक्य र बैंकका सञ्चालक जगदीश्वरप्रसाद अधिकारीले संयुक्तरुपमा उद्घाटन गरे।

त्यस्तै, बुधबार नै गोलबजार शाखाको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देवनाथ शाह र बैंकका सञ्चालक अधिकारीले गरेका छन् । यससँगै बैंकको मुलुकभर ६० वटा शाखा कार्यालय पुगेको बैंकले जनाएको छ । यसै आर्थिक वर्षभित्र थप ३० वटा नयाँ शाखा खोल्ने योजना रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २१ भाद्र २०७५ ०६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App