१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

निजी क्षेत्रसँग सहकार्य गर्न विश्व बैंक तयार

भेटवार्ताका क्रममा विश्व बैंक र नेपाल उद्योग वाणिज्य महासंघको टोली । तस्बिरः नागरिक

काठमाडौं – विश्व बैंकका कन्ट्री म्यानेजर फेरिस हादाद जर्भसले नेपालको विकास प्रयासमा निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग मंगलबार भएको भेटवार्तामा उनले बैंकको सहयोग क्षेत्र र निजी क्षेत्रको अपेक्षा एकै किसिमको रहेकाले सहकार्य गर्न सहज हुने बताए । अर्थमन्त्रालयको सहभागितामा बैंकले छिट्टै एक कार्यशाला आयोजना गर्ने तयारी भइरहेको उनले जानकारी दिए । उक्त कार्यक्रममा महासंघलगायत सरोकारवालालाई सहभागी योजना निर्माण गर्ने उनको भनाइ छ।

महासंघका अध्यक्ष भवानी राणाले नेपालमा रहेका लगानी सम्भाव्यताहरूमा सहयोग गर्न आग्रह गरिन् । उनले कनेक्टिभिटी, बैंकिङ, पूर्वाधार, आइटीलगायत विषयमा सार्वजनिक–निजी साझेदारीका साथै सार्वजनिक निजी संवादको अवधारणामार्फत अगाडि बढ्नुपर्नेमा जोड दिइन्। 

नेपालमा करमैत्री र लगानीमैत्री वातावरण निर्माणमा विश्व बैंकको महत्वपूर्ण भूमिका हुनसक्ने भन्दै अध्यक्ष राणाले त्यसका लागि सहजीकरणमा सहयोग गर्न आग्रह गरिन् । महासंघको देशव्यापी सञ्जालमार्फत आवश्यक सहकार्य गरेर काम गर्न सहज हुने उनले बताइन्। 

भेटवार्तामा विश्व बैंक र निजी क्षेत्रबीचको सहकार्यलाई पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलगायतका क्षेत्रमा केन्द्रीत गर्नुपर्नेमा जोड दिइएको महासंघले जनाएको छ।

प्रकाशित: १३ भाद्र २०७५ ०४:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App