९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

रसुवागढी नाकाः यातायातमा राेक लगाएपछि व्यापारी फर्कन थाले

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा सवारी सञ्चालनमा रोक लगाइएपछि चीनको केरुङमा रहेका नेपाली व्यापारी स्वदेश फर्कन थालेका छन्। 

नाकामा सवारी सञ्चालन रोकिनुका साथै कन्टेनरको अभाव हुन थालेपछि व्यापारी तथा व्यावसायी नेपाल फर्कन थालेका हुन्। व्यापार घाटा बढ्न थालेपछि ९ दिनमा १५ जना व्यापारी फर्किसकेका छन्। त्यहाँ ३५ जना व्यापारी तथा व्यावसायी रहेका छन्। 

सामग्री आयात निर्यात ठप्प भएपछि १५ जना स्वदेश फर्किएका छन्। ‘केरुङमा ३५ जना नेपाली व्यापारी तथा व्यावसायी कार्यरत छन्, व्यापारी पुरुषोत्तम पौडेलले भने, कामको अभावमा उहाँहरू नेपाल फर्किसक्नुभएको छ।’

बाढीले पुलमा क्षति पुर्याउनुपूर्व केरुङमा दैनिक एक सयभन्दा बढी कन्टेनरमा शिल लगाइन्थ्यो। तर अहिले त्यहाँ दैनिक २० भन्दा कम कन्टेनरमा शिल लाग्ने गरेको व्यापारीले बताएका छन्। 

त्यहाँ रहेका सीमित सवारी साधनमा सामग्री लोड गर्ने कार्य भइरहेको उनले बताए। त्यहाँ कार्यरत व्यापारी तथा व्यावसायीले ट्रान्सपोर्टमा बिल्टी पुर्याउने कार्य गर्दछन्। ‘यहाँ रहेका व्यावसायीले सामग्री निर्यातका लागि गएको सवारीको बिल्टी पुर्याउने कार्य गर्छन्, रेडिमेटमा ३१ जना र पाँच जना स्याउको गाडीमा छन्।’

सामग्री लिएर नेपाल आएका कन्टेनर नफर्किएपछि त्यहाँ सामग्री ढुवानीका लागि सवारीसाधनको अभाव भएको छ। चीनको केरुङबाट नेपाल ल्याउन लागिएको एनसेलको सामग्री लोड गर्नका लागि कन्टेनर अभाव रहेको व्यापारी सुमित खड्काले बताए। 

‘सामग्री आयातका लागि १० वटा कन्टेनर आवश्यक पर्छ व्यापारी खड्काले भने, अहिलेसम्म तीन वटा कन्टेनर मात्र मिलेको छ।’ त्यहाँ रहेका केही कन्टेनर स्याउ, नास्पाती र लसुन बोकेर सीमापार आएका छन्। ‘कुहिने किसिमका सामग्री आयात गर्दा नाकामा पोल्ट्री गर्न मिल्छ, उनले भने, रेडिमेट सामग्री बोकेका गाडी पुल मर्मत नसकिँदासम्म नाकामै रोकिनुपर्छ।’

रसुवागढी नाकाभन्दा दुई किलोमिटर वर पर्ने घट्टेखोलामा बाढीले पुलमा क्षति पुर्याएपछि ८ दिनदेखि सवारी सञ्चालन रोकिएका छन्। सामग्री आयात तथा निर्यातमा कमी आएपछि केरुङमा रहेका नेपाली व्यापारी तथा व्यावसायी स्वदेश फर्कन थालेका छन्। 

साउन महिनाभर सवारी सञ्चालन गर्न नसकिने डिभिजिन सडक कार्यालयले जानकारी दिएको छ। पुलको मर्मत कार्य सुरु भएको भएपनि पानीको बहाब उच्च भएको र ढलान गर्नका लागि समस्या रहेको डिभिजन प्रमुख निरज शाक्यले बताए। मंगलबारबाट ढलानको कार्य सुरु गरिने उनको भनाई छ। 

 

प्रकाशित: २२ श्रावण २०७५ ०५:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App