१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

घरेलुले उठायो ९ लाख ४६ हजार राजस्व

डोल्पा – घरेलु तथा साना उद्योग विकास कार्यालय डोल्पाले आर्थिक वर्ष ०७४–०७५ मा ९ लाख ४६ हजार २ सय ४६ रुपैयाँ राजस्व संकलन गरेको छ।

आर्थिक वर्ष भित्रमा जिल्लाका ८ ओटा स्थानीय तहहरूमा उद्योग दर्ता, नविकरण, नामसारी लगायतका बिभिन्न शिर्षकहरूबाट राजस्ववापत उक्त रकम संकलन गरिएको घरेलु तथा साना उद्योग विकास कार्यालयले जानकारी दिएको छ।

आर्थिक वर्ष ०७४–०७५ मा मात्र बिभिन्न उद्देश्य राखेर ३७ ओटा उद्योग दर्ता भएको कार्यालयले जनाएको छ। २०४९ सालमा स्थापना भएको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले हाल ८ ओटा स्थानीय तहहरूमा बिभिन्न उद्देश्य राखेर दर्ता भएका घरेलु उद्योगहरू संचालनमा रहेका छन्।

आर्थिक वर्ष ०७४–०७५ मा बिभिन्न स्थानीय तहहरूमा सिप बिकास तथा आयआर्जन मुलक कार्यक्रम संचालन गरिएकोमा ५४ जनालाई उद्यमीको रुपमा अगाडि बढाइएको र उनीहरूले घरेलु उद्योग संचालन गरेर आत्मनिर्भर तर्फ बढेको घरेलु तथा साना उद्योग विकासका मोधनाथ ज्ञावलीले बताए।

जिल्लाका बिभिन्न स्थानीय तहहरूमा घरबास तालिम, चुकदान बुनाई, फर्निचर र  सिलाइकटाई तालिम लगायतका सिपमुलक तालिमहरू संचालन गरेको कार्यालयले जनाएको छ।

घरेलुले डोल्पाका ८ स्थानीय तहहरूमा संचालित कार्यक्रमहरूमध्ये उपल्लो डोल्पाका ४ गाउँपालिकाहरूमा बढी प्रभावकारी भएको पनि कार्यालयले जनाएको छ। 

 

प्रकाशित: १७ श्रावण २०७५ १०:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App