काठमाडौं– नबिल बैंकले एसियन नेट कम्पनी लिमिटेड जापानस“ग विप्रेषण कारोबारका लागि सम्झौता गरेको छ।
जापानको टोकियोमा आयोजित एक कार्यक्रममा नबिल बैंकका चिफ बिजनेस अफिसर अनिलकुमार खनाल र एसियन नेट कम्पनी जापानका अध्यक्ष हिगासिदा सुजेनले सम्झौतापत्रमा हस्ताक्षर गरेको नबिलले जनाएको छ ।
सम्झौतापछि जापानमा रहेका नेपालीले नबिल बैंकमा रहेको खातामा वा अन्य कुनै बैंक वा वित्तीय संस्थाको खातामा नबिल बैंकमार्फत रकम पठाउन सक्ने बैंकले जनाएको छ ।नबिल बैंकले जापानबाट आफ्ना ग्राहकका लागि सुरक्षित, सस्तो र छिटो माध्यमबाट रकम ल्याउने काम गर्नेछ । नबिल बैंक वेस्टर्न युनियनको नेपालमा रहेको एकमात्र प्रमुख एजेन्ट बैंक रहेको जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: ७ श्रावण २०७५ ००:५२ सोमबार