२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

हाइसेन्सको पहिलो हप्ताको टिभी हस्तान्तरण

काठमाडौं– हाइसेन्स भाइबर स्टिकर्सको साप्ताहिक टिभी विजेताको नाम घोषणा सहित पुरस्कार वितरण गरेको छ । हाइसेन्स भाइबर स्टिकर्स फर वल्र्ड कप २०१८ नाम दिएर सञ्चालन गरिएको उक्त योजनाको पहिलो विजेता कपिल लुइँटेल बनेका छन्।

नेपालको लागि हाइसेन्स ब्रान्डका एकमात्र आधिकारिक वितरक नविन डिष्ट्रिब्युटर्स प्रालिले ल्याएको बिक्री योजनामा लुइँटेलले हाइसेन्सको टिभी उपहार पाए ।नविन डिष्ट्रिब्युटर्स प्रालिका प्रबन्ध निर्देशक आशिष टिबडेवाला र साउथ एसिया भाइबरका पार्टनरसिप मेनेजर नितिन त्यागीले उक्त टिभी हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
यस उपहार योजनाअन्तर्गत ग्राहकले स्टिकर डाउनलोड गर्नुपर्ने छ ।

आफ्ना साथीलाई पठाउँदा आउने हरियो एरोमा क्लिक गरी विश्वकपका प्रश्नको जवाफ दिनुपर्ने हुन्छ । जसमा उनीहरुले हरेक हप्ता एलइडी टिभी र बम्पर उपहारस्वरुप बिग स्मार्ट टिभीसँगै आकर्षक हाइसेन्स गुडिज प्राप्त गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: १३ असार २०७५ ००:५९ बुधबार

हाइसेन्सको पहिलो हप्ताको टिभी हस्तान्तरण