१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सेयर सूचक २५ बिन्दुले घट्यो

काठमाडौं– सेयर बजार मापक नेप्से सूचक आइतबार २५.४३ बिन्दुले घटेको छ । उक्त दिन नेप्से १२३१.६४ अंकमा आइपुगेको छ ।
आइतबार कुल एक सय ६२ कम्पनीको ४४ करोड ४३ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । उक्त दिन ११ लाख ७६ हजार ३४ कित्ता सेयर खरिद–बिक्री भएका छन्।

कारोबार भएका सबै समूहका सूचक तल झरेका छन् । सबैभन्दा धेरै बिमा समूहको सूचक २१७.२४ बिन्दुले घटेको छ । होटेल समूह ५४.४६ र वाणिज्य बैंक समूह १९.२८ बिन्दुले घटेको छ । कारोबार रकममा मेगा बैंकले अग्रता लिएको छ । मेगाको चार करोडभन्दा धेरैको सेयर किनबेच भएको छ । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः एभरेस्ट बैंक र नेपाल टेलिकम परेका छन् ।

प्रकाशित: २८ जेष्ठ २०७५ ०२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App