काठमाडौं– हिमालयन बैंक लिमिटेडले यस वर्षको एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान गरेको छ।
बैंकले सन् २०१६ देखि ६ जना नेपाली फेलोहरुलाई यो अवार्ड प्रायोजन गर्दै आइरहेको छ। यी फेलोहरुले नेपालको आर्थिक समृद्धिको लागि विभिन्न सरकारी निकायहरु तथा नीति निर्माताहरुसँग सहकार्य गरी शासन प्रणालीमा नवीनता ल्याउन सहयोग पु-याउने छन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबराले बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक समारोहमा अवार्ड प्रायोजन वापतको ५ लाख ४ हजार रुपैयाँ दायित्वका कार्यकारी निर्देशक डा. पुकार मल्ललाई प्रदान गरे।
प्रकाशित: २७ जेष्ठ २०७५ १६:१४ आइतबार