४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बजेट प्रस्तुत गरेकै दिन शेयर बजार नौ अंकले घट्यो

काठमाडौँ - सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गरेकै दिन  शेयर बजार भने ९.१८ बिन्दुले ओरालो लागेको छ ।नेपाल स्टक एक्स्चेन्जकाअनुसार ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.०२ बिन्दुले घटेको छ।

आज कूल १६७ कम्पनीको आठ लाख ४० हजार १७५ कित्ता शेयर रु ४१ करोड ७४ लाख ३६ हजार ९६८ मूल्यमा कारोबार भएको छ ।आज बिमा उपसमूहको शेयर भने उकालो लागेको छ । सो समूहको शेयर ५ .६९ बिन्दुले उकालो लाग्दा बैंकिङ १०.५, होटल ३३.१८, विकास बैंक १४.२१, जलविद्युत् १३.३३, फाइनान्स २.९८, उत्पादन २०.६, अन्य १.४६ र माइक्रोफाइनान्स १५.४८ बिन्दुले घटेको छ।

प्रकाशित: १६ जेष्ठ २०७५ ०२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App