नवलपरासी – पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले चालू आर्थिक वर्षको चैत महिनामा १ करोड भन्दा बढी राजश्व संकलन गरेको छ।
कार्यालयका अनुसार सो अवधिमा पैठारीतर्फ ५३ लाख ६६ हजार, कृषि सुधार शुल्कतर्फ ४ लाख २ हजार ५४८, सेवा दस्तुरतर्फ १ लाख २५ हजार, अन्तशुल्कतर्फ २१ हजार ६४७ र मूल्य अभिवृद्धि करतर्फ ४५ लाख ९८ हजार २५६ गरी कुल १ करोड ५ लाख २३ हजार ४६५ राजश्व संकलन भएको छ। (रासस)
प्रकाशित: ८ वैशाख २०७५ ०९:५३ शनिबार