३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मदनमेलामा १ करोडको कारोबार

तेह्रथुम – पर्यटन महोत्सवको रुपमा एक हप्ता सम्म आठराईमा लागेको ऐतिहासिक मदन मेलामा १ करोडको बढीको कारोबार भएको छ।

एक हप्ता सम्म लागेको मदन मेलामा ३० हजार बढी दर्शकहरू आएकोले १ करोड बढीको कारोबार भएको उद्योग बाणिज्य संघ आठराईका प्रेम प्रसाद पौडेलले बताए। उनका अनुसार प्रत्येक दिन यहाँ सञ्चालन गरिएको कार्यक्रमले गर्दा पनि दर्शकहरूको आवागमन अत्याधिक भएको अध्यक्ष पौडेलले जानकारी दिए।

यस बर्ष संक्रान्ती बजारमा लागेको मदन मेलाले यहाँका आगलागी पीडितहरूलाई समेत राहत मिलेको स्थानीयबासीले बताएका छन्। गत वर्ष आगलागीबाट पीडितले मेलाबाट मनोरञ्जन मात्र हैन आर्थिक रुपमा समेत सहयोग मिलेको बताए। मेलामा दैनिक १० हजार बढी नागरिकहरू आएकाले पनि आर्थिक कारोबार बढेको हो।

मेलामा स्थानीयबासीले विभिन्न स्टलहरू समेत राखेका थिए। मेलामा स्थानीय रुपमा पाईने खाडी कपडा र बासबाट बनेको नाङलो डालोको समेत कारोबार बढेको थियो। पर्यटन महोत्सवको रुपमा लागेको मेलामा आउने नागरिकहरूले स्थानीय स्तरमा रहेको पर्यटकीय स्थलहरूको समेत अवलोकन गरेको बजार व्यवस्थापन समितिका पदाधिकारीले बताएका छन्।

प्रकाशित: ८ वैशाख २०७५ ०५:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App