१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

अध्यादेशको सही कार्यान्वयनले बेरोजगारी घटाउन सकिन्छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन गर्न सके बेरोजगारी घटाउन सकिने दाबी गरेका छन्। 

शनिबार बागलुङमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। उनले अहिले बाध्यतावश विदेशिनु परेको यथार्थलाई चिर्न स्वदेशमै रोजगारका अवसर सिर्जना गर्न सक्नुपर्नेमा जोड दिए। 

अध्यक्ष ढकालले स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन आवश्यक रहेको पनि उल्लेख गरे। उनले भने, ‘एउटा बाध्यताले हामी बाहिर जानुपरेको छ। साधारण तरिकाबाट त्यो रोक्नसक्ने अवस्था छैन। त्यसको लागि हामीले नेपालमै अवसर दिनुपर्छ।’ 

उनले अगाडि भने, ‘हालै नेपाल सरकारले अध्यादेशमार्फत कानूनहरू ल्याएको छ। त्यो निजी क्षेत्रले स्वागत गरेको छ। कतिपय चिजहरू हाम्रा पुराना कानूनहरू, भइरहेका कानूनहरू निजी क्षेत्रले दिएको सुझावअनुसार परिवर्तन भएका छन्। कतिपय पुराना कानूनहरू आफैँमा राम्रा पनि छन्।’ 

अध्यक्ष ढकालले नेपालकै पुँजी परिचालन गरेर ठूलो आयोजना सम्पन्न गर्न सकिन्छ भन्ने उद्देश्यकासाथ आफूहरू अघि बढेको पनि जानकारी गराएका छन्। 

प्रकाशित: १९ माघ २०८१ १४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App